फोक्सिन्टारमा बन्दै गरेको पक्की पुल समयमा नबन्दा राज्यलाई बार्षिक एक करोड बराबरको नोक्सानी, पुल निर्माणमा चरम लापरवाही

फोक्सिन्टारमा सातौ पटक बेलिब्रिज लगाउन सुरु, मङ्सिर अन्तिममा सकिने
Logo
खेमराज दाहाल शुक्रबार, मंसिर १२, २०७७

उदयपुर : उदयपुर र खोटाङबीच यातायात सेवा जोड्न सुनकोशी नदीमा सातौ पटक बेलिब्रिज लगाउन सुरु भएको छ।

उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार र खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेको सिमाना सुनकोशी नदीमा बेलिब्रिज जडान गर्ने काम धमाधम सुरु भएको छ। बेलिब्रिज जडान मंसिरमै सक्ने गरि काम सुरुभएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरका योजना प्रमुख प्रमुख गोपाल प्रसाद खकुरेलले बताए।

खकुरेलका अनुसार बेलिब्रिज जडानका लागि दशैँअघिनै ठेक्का प्रक्रिया टुंग्याइएकाले तिहारलगत्तै ठेकेदार कम्पनीले जडानको काम थालेको हो। रेग्मी निर्माण सेवाले ८४ लाख रुपैयाँमा बेलिब्रिज जडान गर्ने जिम्मा पाएको छ ।

बेलिब्रिजका आवश्यक सामानहरु फोक्सिङटारमा लगिएको र धमाधम काम सुरु भइसकेको सडक डिभिजन कार्यालय गाईघाटले जनाएको छ। हिउँदभर सञ्चालन गर्ने र वर्षामा झिक्ने गरी फोक्सिङटारमा बिगत ७ वर्षअघिदेखि हरेक वर्ष करिब ५० मिटर लम्बाईको अस्थायी बेलिब्रिज लगाइँदै आइएको छ।

गाईघाट–दिक्तेल सडकअन्तर्गत फोक्सिङटारमा बेलिब्रिज बनेपछि सीधै गाईघाट हुँदै धरान, विराटनगर लगायतका पूर्वी सहर पुग्ने छोटो मार्ग खुल्ने भएको छ ।
पक्की पुल निर्माणमा चरम ढिलासुस्ती

उदयपुर र खोटाङ जोड्ने सुनकोसी नदीको फोक्सिनटारमा निर्माण कार्य थालिएको सात वर्षमा पनि पक्की पुल बन्न सकेको छैन। निर्माण कार्य थालिएको आठ वर्षसम्म ठेकेदार र कर्मचारीको चरम लापबाहीको कारण पुल नबनेको स्थानीयको आरोप छ। गाईघाट–दिक्तेल सडकखण्ड अन्तर्गत उदयपुर जिल्लाको फोक्सिङटार र खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चेमा पर्ने सुनकोसीमा पुल नबल्दा खोटाङलाई तराइसंग जोड्ने सिधा यातायात सेवा बन्द हुदै आएको छ ।

हिउँदमा बेलीब्रिज पुल सञ्चालन पछि सिधा यातयात सञ्चालन भए पनि बर्षायाममा ठप्पनै हुने गर्दछ। फौक्सिन्टारमा निर्माणाधीन पक्की पुल ७५ चैत २० गते सम्पन्न गर्नेगरी ०६९ चैत २३ गते ठेक्का सम्झौता भएको थियो। साढे ४ मिटर गहिरो फाउन्डेसन, ४ मिटर उचाई र १ सय २० मिटर लामो पुल निर्माणको जिम्मा गौरी पार्वती/वाईपी जेवीले लिएको छ। ३ स्पानको उक्त पुल बनाउन तत्कालीन सडक विभागले १९ करोड ६० लाख रुपैंयाँमा निर्माण कम्पनीलाई जिम्मा दिएको थियो।

पुल योजना पूर्वी क्षेत्र सेक्टर नं. १ धरानले उक्त पुल निर्माणको प्राविधिक रेखदेख गर्ने जिम्मा पाएको छ। २०७५ चैत २० गते नै सम्पन्न हुनु पर्ने पुलको काम हालसम्म २० प्रतिशत भन्दा बढी हुन सकेको छैन । ०७० सालको पहिलो महिनाको पहिलो हप्तामै पुलको ठेक्का लागेको थियो । तर, २०६९ सालमा गरिएको डिजाइनै फेल भएपछि पुलको नयाँ डिजाईन गरि फेरी सुरु गरिएको थियो । अहिले नयाँ डिजाइन अनुसार आर्कीब्रिज पुल बनाउने तयारी छ ।’

ठेक्का सम्झौतामा गरिएको समय अवधिमा पनि पुलको काम सम्मपन्न नभए पछि २०७७ पौष मसान्त सम्मका लागि समय अवधि थप गरिएको पुल योजना सेकटर १ का योजना प्रमुख कैलाश देवले बताए । थप भएको मिति नजिकिदै गर्दा पनि पुल निर्माणको काम हाल सम्म ३० प्रतिशत मात्र भएको छ।

हालसम्म निर्माण कम्पनीले ८ करोड २५ लाख १४ हजार १ सय २१ रुपैया रुपैंयाँ भुक्तानी समेत लिसकेको पुल योजना सेकटर १ का प्रमुख देवले बताए।

पुलको हालसम्म उदयपुरतर्फ २ वटा फाउण्डेसन पिल्लर उठाइएर एक स्पाम तयार छ भने पारितर्फ एउटा फाउण्डेसन पिल्लर निर्माण भएको छ। सुपरस्ट्रक्चर नै पूरा नभएकाले पुलको काम गर्न निकै ढिला हुने स्थानीयहरु बताउँछन्। बर्षायाममा नदीमा पानीको सतह माथि आउने भएकोले कामगर्न समस्या भएको र विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण निर्माण कार्यमा ढिला भएको प्रमुख देवले बताए।

पुल बन्ने पैसा बेलिब्रिजमै स्वाहा

पुल समयमा नबनेकै कारण वर्षेनी हिउँद (कात्तिक) मा बेलिब्रीज जडान गर्ने र वर्षा लागेपछि जेठमा खोल्नुपर्ने बाध्यता रहदै आएको छ । पुल समयमा नबनेकै कारण बेलिब्रीजमा मात्र वर्षेनी राज्यको एक करोड हाराहारी रकम खर्च हुने गरेको छ। यो क्रमविगत ७ बर्ष वर्षदेखि निरन्तर चलिरहेको छ।

विसं २०५१ मा तत्कालीन प्रधानमन्त्री स्व. मनमोहन अधिकारीले शिलान्यास गरेर निर्माण कार्य सुरु गरेको गाइघाट–दिक्तेल सडक परियोजनाले गाईघाट दिक्तेल सडक निर्माण गरिसकेको २६ वर्ष भयो । सडक सञ्चालन भएको २६ वर्ष पुग्दा पनि गाईघाट दिक्तेल सिधा यातयात सुचारु हुन सकेको छैन। यसरि सिदा सडक सुचारु नहुनुमा फोक्सिनटारमा निर्माण भै रहेको पक्की पुल सम्पन्न नहुनु प्रमुख एक कारण हो।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।