उदयपुर । नेपाल राज्यका उद्योग वाणिज्य क्षेत्रमा संलग्न उद्यमी तथा व्यापारीहरूको पेशागत हकहित संरक्षण एवम् उद्योग वाणिज्य क्षेत्रको विकासमा सहयोग पुर्याउने संस्था नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय महाधिबेशनमा उदयपुर गाइघाटका गजेन्द्र कुमार भगत केन्द्रिय सदस्यमा निर्बाचित भएका छन्।
शनिबार भएको निर्वाचनमा भगतले ६८ मत प्राप्त गरि तेस्रो स्थान सहित जिल्ला नगरतर्फको केन्द्रीय कार्यकारिणी सदस्य पदमा खुल्ला तर्फ विजयी भएका हुन् ।
यता नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै उनी वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् ।
को हुन् भगत ?
हालै सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको ५४ औ महाधिबेशनबाट जिल्ला नगरतर्फको केन्द्रीय कार्यकारिणी सदस्य पदमा निर्बाचित भएका भगत जिल्लाकै प्रतिष्ठित ब्यबसायी मध्यका एक सफल ब्यबसायी हुन।
भगत सफल ब्यबसायी मात्र नभएर एक असल समाजसेवी पनि हुन्। अहिले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसले ल्याएको कहरले खान नपाएका अशक्तहरुलाई उनीहरुकै घर घर पुगेर खाद्यान्न वितरण गरि भोकाहरुका लागि देवता समान बने।
कोरोना कहरले ल्याएको आपत्तिको सामना गर्न हम्मे परेका बेला ब्यासायिहरुका लागि दिन रात नभनी कुदेर सर्व साधारण लगाएत ब्यासायीहरुका लागि सामान आपूर्ति गर्ने बाताबरण सधै सिर्जना गरिदिए।
गजेन्द्र कुमार भगत उदयपुरको त्रियुगा नगरपालिका वडा १२ (हालको) मा २०४१ साल साउन १२ गते जन्मिएका हुन् । उनले ०५८/५९ सालदेखि व्यवसाय सुरु गरेका थिए ।
उदयपुरको सदरमुकाम भएपनि सानो बजार निर्यात भन्दा पनि आयात बढी गर्नु स्थान गाईघाटलाई जन्मथलो मात्र नभएर कर्मथलो पनि बनाउदै भगतले ब्यापार ब्याबसाय सुरु गरे। आफ्नै उत्पादन गरेर निर्यात गर्न सक्ने बजार पनि थिएन र त्यस्तो परिस्थिति पनि थिएन त्यस बेला जुन बेला भगतले ब्याबसाय सुरु गरे।
जिल्लाको सदरमुकाम समेत रहेकाले यहाँको ब्यापार ब्याबसायालाई बृहत बनाउदै लैजाने ध्यका साथ लागि परिरहे। हरेक परिश्रम पछिको फल मिठो हुन्छ भने झैँ उदयपुरको गाईघाट बजार अहिले व्यापारिक हब बन्दै गएको छ।
सानो बजार देखी संघर्ष गर्दै उदयपुरको उद्योग वाणिज्य महासंघको नेतृत्व सम्हालेर गाईघाट बजार ब्याबस्थित बजार र व्यापारिक हब बनाउन भगतको अबिश्मरणीय योगदान छ।
सधै पेसा ब्याबसायीको हक हितका लागि अग्रसर भएर लाग्ने उनले त्रियुगा उद्योग बाणिज्य संघको नेतृत्वमा दुई कार्यकाल सम्हालेका छन्। उनले संघको नेतृत्व गर्दै गर्दा त्रियुगामा मात्र नभएर उदयपुरमानै निजी क्षेत्रको लगानीमा राम्रो पेसा ब्याबसाय र ब्याबसायीहरुको उदय र सफल भएका छन।
जिल्लाकै सदरमुकाम त्यसमा पनि पुरानो नगरपालिकामा भएका जथाभावी बजारलाई अहिले भगतकै नेतृत्वमा आकर्षक बजार ब्याबस्थापन भएको छ। जनप्रतिनिधि बिहिन स्थानीय तह हुदा बजार ब्याबस्थापन गर्दै त्रियुगालाई आकर्षक नगरी बनाउन अहोरात्र खटेका भगतले गाईघाट बजारमा जथाभावी लाग्ने खुद्रे पसल र तरकारी बजारको राम्रो ब्याबस्थापन र स्थानतरण गरि उनीहरुको ब्याबसाय समेत उकास्ने हिसाबले ब्याबस्थापन गराएका छन्।
अहिले त्रियुगा नगर उद्योग बाणिज्य क्षेत्रमा आयात मात्र नभएर निर्यात गर्न सक्ने स्थानमा पुगेको छ। उद्योगी हरुलाई सधै प्रोत्साहन र काम गर्न सहज बाताबरण निर्माण गरि दिने उनकै कारण त्रियुगा नगर अहिले प्रतिष्ठित शहर मात्र नभएर ब्याबसायिक रुपमा पनि दरिलो बन्दै गएको छ।