मदन भण्डारी फाउन्डेसनका पदाधिकारीले लिए सफथ

Logo
बुधबार, मंसिर १७, २०७७

उदयपुर । मदन भण्डारी फाउन्डेसन जिल्ला कमिटी उदयपुरका पदाधिकारीले सपथ ग्रहण सहित आफ्नो कार्यभार सम्हालेका छन् । बुधबार जिल्ला समन्वय समिति उदयपुरको सभाहलमा सप्पन्न भएको सपथ ग्रहण कार्यक्रममा मदन भण्डारी फाउन्डेसन प्रदेश नम्बर १ कमिटीका अध्यक्ष गोपाल गुरागाँईले सपथ ग्रहण गराएका हुन् ।

अध्यक्ष दुर्गानन्द चौधरी, उपाध्यक्ष वसन्त पौडेल, सचिब बिकास बन्जरा, सह सचिब सीता पौडेल, कोषाध्यक्ष कुमारी ज्यू ठकुरी, सहित ३९ जना सदस्य रहेको कमिटीलाई औपचारिकता दिदै कार्यभार सुम्पन बुधबार सपथ ग्रहण गराइएको हो ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै अध्यक्ष गुरागाईँले मदन भण्डारी फाउन्डेसन बैचारिक विश्व बिद्यालय रहेकोे भन्दै उहाँले कमिटी भित्र गुटगत राजनीति नगर्न सबै सँग अनुरोध गरे ।

कार्यक्रममा विशेष अतिथिको रूपमा बोल्दै नेकपाकी केन्द्रिय सदस्य तथा पुर्व मन्त्री मन्जु चौधरीले भण्डारीले प्रतिपादन गर्नु भएको जनताको बहुदलिय जनवादका थप १४ वटा विशेषताहरुलाई आत्म सात गर्दै फाउण्डेशनलाई सबै पालिका र वडा तहसम्म समिति विस्तार गर्दै लैजानु पर्ने बताइन।

कार्यक्रममा नेकपा धनकुटा जिल्ला कमिटीका सदस्य गोपाल कार्की, मदन भण्डारी फाउन्डेसन प्रदेश कमिटीका सदस्य तथा उदयपुर इन्चार्ज कालू लामा, नेकपा प्रदेश कमिटी सदस्य मणिराज पौडेल, प्रदेश संसद अम्बिका थापा, नेकपा प्रदेश कमिटीका सदस्य राजिब घिमिरे लगाएतले आफ्ना भनाई राखेका थिए ।

जननेता मदन मदन भण्डारीका नाममा स्थापित उक्त फाउण्डेशनले सामाजिक कार्यका साथै विकासनिर्माणका काममा समेत सहजीकरण गर्दै आएको छ ।यस्तै सपथ ग्रहण संगै त्रियुगा नगरपालिका वडा नं ११ गाइघाटमा रहेको मदन भण्डारी फाउन्डेसनको कार्यलय समेत उद्घाटन गरिएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]