सोलुसन खबर किन ?

Solution Khabar शुक्रबार, मंसिर २६, २०७७ समय 09:12:19

सोलुसन खबर मिडिया ग्रुप प्रा लि द्वारा संचालित सोलुसन खबर डट कम र सोलुसन अनलाइन टेलिभिजन मार्फत सूचना र विचारको जगतमा हामीले पाइला टेकेका छौं। हरेक मानिसको विचार कुनै न कुनै बिषयमा महत्वपूर्ण हुन्छ । विचार र त्यसको महत्वले समाजलाई परिबर्तन गर्दै अग्रगमनलाई सुनिश्चित गर्दछ। विचारको निषेधबाट समाज हिंसा र खण्डीकरण तर्फ धकेलिन सक्छ। यो हाम्रो समाजमा चल्दै, देखिदै र भोगिदै आएको सत्य हो।

आजको युगमा सूचना संचारको महत्व अत्याधिक बढेको छ। प्रविधिको बिकास संगै आजको मल्टिमिडिया युगमा हामी प्रवेश गरेका छौ। हामीले हामीलाई आजको युग सुहाउदो बनाउदै परिबर्तनशिल र प्रगतिशील बनाउदै लैजानु जरुरि छ, यसमा हामी सधै तत्पर छौ।

प्रविधिले हाम्रो समाज र राष्ट्रलाई नै निर्णायक रुपमा प्रभावित पारेको छ। तर प्रविधिले मानिसको बिचार र चिन्तनलाई भने निर्णायक रुपमा बिस्थापित गर्न सक्दैन। तिनै बिचार र चिन्तनहरुलाई समाज र राष्ट्र सम्म पुर्याउने हाम्रो अभियान नै सोलुसन खबरको उदेश्य मध्ये एक हो।

प्रविधिको बिकास संगै आज सामाजिक सञ्जालहरु आफ्ना बिचार र चिन्तन पोख्ने माध्यम बनेका छन्। हरेक सामाजिक संजाल प्रयोगकर्ता पनि सूचना तथा संचारको जगतमा अभ्यास गर्दै आएका छन्। हामी ति सामाजिक संजाल मार्फत आफ्ना बिचार र तर्क प्रस्तुत गर्दै आएका आम युवा हरुको जगतसँग सहकार्य गर्दै उनीहरुको बिचार र तर्कलाई स्पेस दिदै समाज परिबर्तनको भूमिकामा माथी राख्ने छौ।

समाज परिबर्तनको जिम्मेवारीप्रति सोलुसन खबर परिवार सदैव सचेत र समर्पित रहनेछ। पत्रकारितामा देखियका खाडलहरुलाई पुर्दै यसको सम्मानजनक अस्तित्व निर्माण गर्न हामी सदैब कठिबद्द भएर लाग्ने प्रण गर्दछौ। पत्रकारिताको सम्मानजनक अस्तित्वले पत्रकारलाई बढी सम्मानित बनाउँछ र सम्मानित पत्रकारले समाज परिबर्तन र सुशासनका पक्षलाई थप जवाफदेही बनाउन सक्छ।

हाम्रो अस्तित्व र प्रभावकारिता हामीले दिने सूचना समाचार हरु मार्फत हाम्रा समस्त पाठक, श्रोता र दर्शकहरूको अनुमोदनबाट मात्र स्थापित हुन सक्छ। यसका लागी हामी सधै आम पाठक, श्रोता र दर्शकहरूको आवश्यक सुझाव र आलोचनाको अपेक्षा गर्दछौ।

हाम्रो यस क्षेत्रमा भएको उपस्थितिलाई स्थापित गराउन विभिन्न चुनौतीहरु अवस्य छन्, ति चुनौतीहरुलाई चिर्न तपाइहरुको सहयोग अति आबश्यकिय छ, त्यसैले तपाइहरुले दिने सुझाब र आलोचनाले हामीलाई हाम्रो कर्तव्यमा जुट्न सहयोग पुर्‍याउनेछ।

धन्यबाद

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : –२१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected], [email protected]

सामाजिक संजाल

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी
प्रतिनिधि – बिना मगर, बिनोद अधिकारी

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।