दूतावास र ल्याबको सेटिङमा कोरोना पोजेटिभ देखिने विदेश उडे, नेगेटिभ देखिने रोकिए

Logo
हेल्थपाटी शुक्रबार, मंसिर २६, २०७७

काठमाडौं । नेपालस्थित साउदी दूतावास, सलाम एयर र निजी प्रयोगशालाको सेटिङमा कोरोना पोजेटिभ देखिएकालाई पनि विदेश उडाइएको छ। साउदी अरेबियाको लागि सलाम एयरले लाजिम्पाट स्थित सूर्या प्रयोगशालाको सेटिङमा अर्को प्रयोगशालामा कोरोना पोजेटिभ देखिएका एक युवालाई विदेश उडाएको हो।

धनुषाबाट आएका युवा ह्याम्स अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा कोरोना संक्रमण देखिए पनि शुक्रबार बिहान साउदी उडेका छन्। साउदी जानका लागि भन्दै सुरुमा ह्याम्स अस्पतालमा पीसीआर परीक्षण गराएका थिए। नेपालस्थित साउदी दूतावासले सूचना निकालेरै नेपालबाट साउदी जानका लागि सूर्या ल्याबको मात्रै पीसीआर रिपोर्ट मान्य हुने जानकारी दिएको छ।

ती युवाहरुले सुरुमा थाहा नभएर ह्याम्समा परीक्षण गराएका थिए । ह्याम्समा परीक्षण गराउँदा तीन जनामध्ये दुई युवाको रिपोर्ट नेगेटिभ र एक जनाको पोजेटिभ देखिएको थियो। नियम थाहा पाएपछि तीनजनाले पुनः सूर्या प्रयोगशालामा परीक्षण गराए ।

यहाँ पनि तीन मध्ये एकको रिपोर्ट पोजेटिभ आयो । तर ह्याम्सको भन्दा फरक रिपोर्ट देखियो । ह्याम्समा जसको पोजेटिभ रिपोर्ट आएको थियो ती युवाको नेगेटिभ रिपोर्ट देखियो । ह्याम्समा नेगेटिभ रिपोर्ट आएकामध्ये एक युवाको चहिँ पोजेटिभ रिपोर्ट आयो।

एयरलाइन्सले ह्याम्समा आएको रिपोर्टलाई पूरै बेवास्ता गरी सूर्याको रिपोर्टलाई नै अन्तिम सत्य मान्दा कोरोना पोजेटिभ देखिएका युवा विदेश उडेका हुन । ह्याम्समा नेगेटिभ रिपोर्ट आउँदा पनि सूर्याकै रिपोर्टको आधारमा एक युवा आइसोलेसनमा बसिरहेका छन।

यस्तो थियो घटना

जनकपुरका तीन युवा विदेश जानका लागि असोज २७ गते काठमाडौं आए। तीनै जनालाई रोजगारका लागि साउदी अरब जानु थियो। उनीहरु काठमाडौं आएर होटलमा सँगै बसेका थिए । उनीहरुले साउदी जानका लागि संयुक्त रुपमा सलाम एयरको टिकट लिए। शुक्रबार बिहान १०:४५ बजे उनीहरुको उडान थियो।

विदेश जानका लागि पीसीआर रिपार्ट जरुरी थियो । रिपोर्टमा नेगेटिभ आएमा मात्रै उड्न पाइन्थ्यो। सरकारले मान्यता दिएको जुनसुकै प्रयोगशालाको रिपोर्ट भए हुन्छ भन्ने जानकारी उनीहरुलाई थियो।

परीक्षणका लागि तीनै जना धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा गए। ती मध्ये दुई जनाको नेगेटिभ र एक जनाको पोजिटिभ रिपोर्ट आयो। ह्याम्सको रिपोर्ट आएपछि नेगेटिभ रिपोर्ट आएका दुई जना रिपोर्ट बोकेर टिकट काटेको ट्राभल्स एजेन्सीमा गए। त्यहाँ जाँदा एजेन्सीले सलाम एयरबाट उड्नका लागि अन्तको पीसीआर रिपोर्टले नहुने र सूर्या प्रयोगशालाकै रिपोर्ट चाहिने जानकारी दिए। उनीहरुले ह्याम्समा प्रतिव्यक्ति २४ सय तिरेर परीक्षण गरेका थिए।

 

 

सूर्या कै रिपोर्ट चाहिने भनेपछि तीनजना परीक्षणका लागि सूर्या प्रयोगशालामा गए। त्यहाँ गएर पनि परीक्षणका लागि स्वाब दिए। त्यहाँको परीक्षणमा ह्याम्समा आएको भन्दा फरक रिपोर्ट आयो। ह्याम्समा जसको पोजेटिभ रिपोर्ट आएको थियो ती युवाको नेगेटिभ रिपोर्ट देखियो। ह्याम्समा नेगेटिभ रिपोर्ट आएकामध्ये एक युवाको चाहिँ पोजेटिभ रिपोर्ट आयो।

एयरलाइन्सले ह्याम्सको रिपोर्टलाई कुनै मतलब गरेन। ह्याम्समा परीक्षण गर्दा कोरोना संक्रमण देखिएका युवा सूर्या प्रयोगशालाको रिपोर्टकै आधारमा विदेश उडे। ह्याम्समा परीक्षण गर्दा नेगेटिभ रिपोर्ट देखिएका युवा भने सूर्या प्रयोगशालाको पोजेटिभ रिपोर्टकै कारण अहिले आइसोलेनमा बसिरहेका छन्।

साउदी जान आएका तीनै जना युवा धनुषाका एकै गाउँका हुन्। उनीहरु सँगै काठमाडौं आएका थिए। सँगै बस्ने, सँगै खाने गरेका थिए। तीनै जना संक्रमणको जोखिममा देखिन्छन्। ती कुरालाई एरयलाइन्सले पनि वास्ता गरेन।

ती युवाहरुले पनि खासै मतलब गरेको देखिँदैन। जुनसुकै प्रयोगशालाकाे भए पनि पोजेटिभ रिपोर्ट देखिएका व्यक्तिको जानकारी स्वास्थ्य सेवा विभाग इपीडिमियोजोली तथा रोग नियन्त्रण महाशाखालाई अनिवार्य दिनुपर्ने नियम छ। त्यहाँबाट पनि यस विषयमा फलो गरेको देखिँदैन।

यस्ता गडबड रिपोर्टले नेपालका प्रयोगशालाहरुले गर्ने पीसीआर परीक्षणको विश्वसनीयतामाथि गम्भीर प्रश्न पनि उठेको छ ।(हेल्थपाटी बाट साभार गरिएको)

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry