सरकारविरुद्ध उदयपुर नेविसंघको सिठ्ठी जुलुस

Logo
आइतबार, मंसिर २८, २०७७

उदयपुर । नेपाल विद्यार्थी संघ उदयपुरले सरकार विरुद्ध सिठ्ठी जुलुस निकालेको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारका पछिल्ला गतिविधिको विरोधमा भोलि मङ्सिर २९ गते सरकारविरुद्ध देशैभर प्रदर्शन गर्दैछ । त्यसैको पूर्वसन्ध्यामा देशै भरका जिल्ला हरुमा नेविसंघले सिठ्ठी जुलुस निकालेको हो ।

२९ गतेको बिरोध जुलुसको प्रचार स्वरुप २८ गते उदयपुरका बिद्यार्थी नेता सन्तोष कोइराला र शुसिल राईको नेतृत्वमा गाईघाटमा नेपाल बिद्यार्थी संघले जुलुस निकालेको हो ।

उदयपुरको मुख्य सहर गाईघाट बजारमा कोइराला र राईको नेतृत्वमा दुई स्थानबाट बिरोध जुलुस निकालिएको थियो। जसमा राईको नेतृत्वमा निकालिएको जुलुसमा बिद्यार्थीनेता नरेन्द्र थापा, रोशन कार्की,प्रबिन कटुवाल लगाएतका नेता सामेल थिए।

यता सन्तोष कोइरालाको नेतृत्वमा निक्लिएको जुलुसमा नेपाली कांग्रेस उदयपुरका त्रियुगा नगर सभापति सरोज बस्नेत लगाएतका नेता समेत सामेल थिए।

विरोध जुलुस गाईघाटको बिपिचोकमा गएर कोण सभामा परिणत भएको थियो। कोण सभामा बोल्दै नगर सभापति बस्नेतले कोरोना महामारीका बेलामा सरकार भ्रष्टाचारमा लिप्त भएको र सरकारका कारण संघीय लोकतान्त्रिक गणतन्त्र समेत संकटमा परेका कारण सरकारलाई सडकबाटै तह लगाउनु पर्ने आबश्यकता परेका कारण आफुहरु सडकमा आउनुपरेको बताए ।

यस्तै नेपाली काग्रेसको भातृ विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले आज उदयपुरको कटारी बजारमा पनि सिठ्ठी जुलुस गरेको छ। विद्यार्थी नेतृ नेविसंघकी पुर्व केन्द्रीय सदस्य मिरा कटुवालको नेतृत्वमा नेविसंघले कटारीमा विरोध प्रदर्शन गरेको हो।

बिरोध जुलुसमा बिध्यार्थीहरुले मंसिर २९ गतेको विरोध सभा सफल पारौं लेखिएको प्लेकार्ड पनि प्रदर्शन गरेका थिए ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]