उदयपुरमा कांग्रेसको बिरोध जुलुस, हजारौ सहभागी (फोटोमा हेर्नुहोस)

"माफ गर्नुहोला तपाइले सम्पर्क गर्न खोज्नु भएको सरकार भ्रष्टाचारमा ब्यस्त छ"
Logo
सोमबार, मंसिर २९, २०७७

उदयपुर । नेपाली कांग्रेसले देशका विभिन्न ठाउँमा विरोध प्रदर्शन गरेको छ । सरकार भ्रष्ट्राचार, कूशासन र सर्वसत्ताबादतर्फ उन्मुख भएको भन्दै काँग्रेसले  उदयपुरको मुख्य सहर गाईघाट बजारमा र्‍यालीसहित विरोधसभा गरेको हो।

र्‍यालीसहित विरोधसभामा कांग्रेसका नेताहरुले कांग्रेसले कम्युनिष्टहरूको चिन्ता लिनु नपर्ने भन्दै कांग्रेसको नेतृत्व आफू ठीक भएर हिड्न आग्रह गरेका छन् ।

बिरोध सभा अगाडी निकालिएको र्‍यालीमा सहभागीहरुले  “माफ गर्नुहोला तपाइले सम्पर्क गर्न खोज्नु भएको सरकार भ्रष्टाचारमा ब्यस्त छ”, “तनहुमा भएको दुर्ब्यबहार र अत्याचार”, “हत्या हिँसा बलात्कार बन्द गर”, “बढ्यो महिला हिँसा र बलात्कार अकर्मण्य भो ओली सरकार” लेखिएका प्लेकार्ड बोकेका थिए।

बिरोध सभामा उदयपुरका सबै पालिकाबाट स्थानिय नेता कार्यकर्ता उपस्थित भएका थिए। बिरोध सभालाई नेपाली कांग्रेस उदयपुरका सभापती विदुर बस्नेत, संघिय संसद प्रमिला राई, कांग्रेसका पूर्व जिल्ला सभापती तथा प्रदेश नम्बर १ का संसदीय दलका उप नेता हिमाल कार्की, प्रदेश नम्बर १ का संसदिय दलका सचेतक केदार कार्की, उदयपुर क्षेत्र नम्बर १ का क्षेत्रीय सभापती भोजराज खतिवडा सह सभापती बसन्तकुमार बस्नेत, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापती रामकुमार खत्री लगायतले कार्यक्रमलाई संबोधन गरेका थिए ।

बिरोध सभामा बोल्दै नेताहरुले अझै पनि नागरिक कांग्रेस ठिक बाटोमा हिँडेर र नागरिकको अविभावक बनोस् भनिरहेको बताए । सरकार दिन दिनै भ्रष्टचार प्रति उद्दत देखिएको र बर्तमान सरकारबाट लोकतन्त्र र सघियतानै खतरामा परेकोले कांग्रेस बाध्य भएर सडकमा उत्रिन बाध्य भएको नेताहरुले बताएका थिए ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]