उदयपुरमा एक क्रसर उद्योगमा वम विस्पोटन, बिस्फोटबाट १० लाख बराबरको क्षति

Logo
मंगलबार, मंसिर ३०, २०७७

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १४ धाप्लाङ्गस्थित एक क्रसर उद्योगमा सोमबार राती अज्ञात समुहले दुई वटा वम विष्पोटन गराएको छ । ६ जनाको संख्यामा राती १०ः१५ बजे आएको उक्त समुहले द कञ्चनजंघा गोल्डेन गुड जेवीको क्रसर उद्योगमा वम विस्फोट गराएको हो ।

विस्पोटनबाट उद्योगको मेनकन्वीयर वेल्ट, मोटर, जेसीवी र तेलसहितको ड्रममा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए ।

मुकुन्डो लगाएर उद्योग भित्र प्रवेश गरेको उक्त समुहले विस्पोटन गर्नु पुर्व सुरक्षागार्ड स्थानीय ६० बर्षिय कर्णबहादुर तामाङ्गलाई पेस्तोल देखाई नियन्त्रणमा लिएर तामाङ्गमाथि कुटपिट समेत गरेको उद्योगका प्रतिनिधि सुमन्त कोईरालाले बताए ।

विस्पोटनबाट उद्योगको करिव १० लाख बराबरको धनमालमा क्षति पुगेको उनले बताए । उक्त समुहले विस्पोटनसँगै खुकुरीले मेसिन घुमाउने फित्ता काटेको, तेलको ड्रममा आगोलगाउने प्रयास गर्दा स्थानीय आएपछि छोडेर भागेको सुरक्षागार्ड तामाङ्गले बताए ।

घटनाको सुचना पाउना साथ एसपी भिमबहादुर दाहालको नेतृत्वमा प्रहरी टोली पुगेको थियो । बिस्पोटन भएको वम सुतली र सकेट हुन सक्ने प्रहरीको अनुमान छ ।

एक महिना अघि ताप्लि गाउँपालिकामा अज्ञात समुहले वम बिस्पोटन गराएको थियो । सो बम बिस्फोटमा ४५ लाख बराबरको क्षति भएको थियो। उक्त वमसमेत हालसम्म कसैले जिम्मा लिएको छैन् । उदयपुरको दुर्गम क्षेत्रमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको सकृयता रहेको छ । वम विस्फोटन कसले गर्यो भन्ने एकिन नभएपनि विप्लव समुहले विस्फोट गराएको हुन सक्ने प्रहरीको अनुमान छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry