छोरी जवरजस्ती करणी गर्ने बाबु पक्राउ

Logo
बिहिबार, पुष ०२, २०७७

उदयपुर । उदयपुरमा आफ्नै छोरीलाई पटक पटक जवरजस्ती करणी गर्ने बाबु पक्राउ परेका छन्। उदयपुरका एक बाबुले आफ्नै सहोदर छोरीलाई पटक पटक जवरजस्ती करणी गर्ने गरेको आरोपमा पक्राउ परेको जिल्ला प्रहरीकार्यालय उदयपुरले जनाएको छ।

आफ्नै छोरीलाई डराएर धम्क्याएर पटक पटक करणी गर्ने गरेको भन्ने सुचना पश्चात निज बाबुलाई पक्राउ गरि अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेद प्रसाद गौतमले जानकारी दिए।

यस्तै बाल विवाह गरेको आरोपमा उदयपुरका ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा केटा पक्षबाट त्रियुगा नगरपालिका– ३ भुल्केका २३ बर्षिय आश्विन कोईराला, उनका बुवा पुष्प कोईराला र केटी पक्षबाट ताप्ली गाउँपालिका – ५ आद माराका खेचरबहादुर खड्का र उनकी १७ बर्षिय छोरी गोमा खड्का रहेका छन् ।

प्रहरीका अनुसार उनीहरुले मंसिर १९ गते गाउँलेहरुले थाहा नपाउने गरि बालविवाह गरेका थिए । लुकिछिपि कटारी बजारमा आएर बेहुला बेहुलीले लगाउने कपडा किनि टिकोटालो समेत गरेको भन्ने उजुरी प्रहरीमा परेपछि जिल्ला प्रहरी कार्यालयको टोलीले बिहिबार (आज) उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सबैलाई हिरासतमा राखी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक भिम दाहालले जानकारी दिनुभयो ।

आफुखुसी बाल विवाह गरेको कसुरमा प्रहरीले बिहिबार उदयपुरको उदयपुरगढी गाउँपालिका ६ भुमरेका २ जनालाई पक्राउ गरेको छ । पक्राउने पर्नेमा सोही ठाउँका १८ बर्षिय दुर्गाबहादुर खड्का र त्रियुगा नरपालिका – १६ सुकौराकी १७ बर्षिय खेली कार्की रहेका छन् ।

प्रहरीका अनुसार उनीहरुले पुस ३० गते अभिभावकलाई थाहा नदिई आफुखुसी उदयपुरगढी ६ काभ्रेपानी मन्दीरमा विवाह गरेका थिए । विवाह पछि परिवारले थाहा पाउने डरले उनीहरु केटाको दिदीको घर नेपालटारमा लुकिछिपी बसेका थिए ।

स्थानियहरुले उनिहरुले विवाह गरेको थाहा पाएर प्रहरीमा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई बिहिबार पक्राउ गरेको थियो । पक्राउ पर्ने दुबैलाई हिरासतमा राखी अनुसन्धान भईरहेको प्रहरी उपरिक्षक भिम दाहालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]