देउरी, भलुवाइ र श्रीपुर जोड्ने खोलामा पक्किपुलको सिलान्यास

Logo
आइतबार, पुष ०५, २०७७

उदयपुर पुस ४ । उदयपुरको त्रियुगा नगरपालिका ५ मा पर्ने देउरी भलुवाई श्रीपुर जोड्ने खैरजोडी खोलामा पक्कि पुल निर्माण कार्य सुरु भएको छ । ४ करोड ३४ लाख ६४ हजार २ सय ५२ रुपैयामा निर्माण गर्न लागिएको उक्त पक्कि पुलको संघीय सांसद प्रमिला राई, प्रदेश सांसद हिमाल कार्की, प्रदेश संसद सज्जा दनुवार, त्रियुगा नगरपालिकाकी उपमेयर देवी चौधरी र नेपाली कांग्रेसका क्षेत्रिय सहसभापति बसन्त बस्नेतले संयुक्त रुपमा सिलान्यास गरेका हुन।

पक्कि पुलको सिलान्यास गर्दै नेताहरुले त्रियुगा नगरपालिकाको बिकासमा यो पुलले महत्वपूर्ण भूमिका खेल्ने बताए। देउरी भालुवाई र श्रीपुर क्षेत्र नगरपालिकाको महत्वपूर्ण र कृषि योग्य क्षेत्र भएकाले यस क्षेत्रको बिकासमा सबैले लाग्नु पर्ने बताए।

कृषि योग्य योग्य क्षेत्रहरुलाई त्रियुगा नगरले उपेक्षा गरेको भन्दै त्रियुगा नगरका छाया सरकार प्रमुख समेत रहेका बसन्त बस्नेतले कृषि क्षेत्रमा नगरलाई स्थानीय सरकारले पछि पारेको आरोप लगाए । बस्नेतले उदयपुर जस्तो भित्रि मधेसको कृषि क्षेत्रमा उर्वर मानिने जिल्ला समेत कृषिमा आत्म निर्भर बन्न नसक्नु भनेको दुर्भाग्यपूर्ण रहेको उल्लेख गरे।

भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत, पुर्वाधार विकास कार्यालय उदयपुरको कुल ४ करोड करोढ ३४ लाख ६४ हजारको लागतमा निर्माण हुन लागेको तिन स्पामको पुलको ७१.४० मिटर लम्बाई र चौडाई १० मिटर रहेको छ।

२०७८ सालको जेठको पहिलो हप्ता नै ठेक्का सम्जौता भएको पुलको निर्माण गर्ने जिम्मा पवित्रा निर्माण सेवा उदयपुरले पाएको छ । २०७८ सालको कार्तिक मसान्त भित्रमा पुल निर्माण गरिसक्नु पर्ने गरि ठेक्का सम्जौता भएको छ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]