उदयपुरमा बन्यो ८ भेन्टिलेटर सहितको ४० शैयाको कोभिड अस्पताल

Logo
सोमबार, पुष ०६, २०७७

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका – ६ सातघारेमा स्थापना भएको कोभिड अस्पतालको आज उद्घाटन गरिएको छ । प्रदेश नंम्बर १ सामाजिक बिकास मन्त्री जिवन घिमिरे र स्वीस सरकारका लागी नेपाली राजदुत एलिजावेथ भोमले कोभिड अस्पतालको उद्घाटन गरेका हुन्।

कोरोना संक्रमणको सुरुवाती चरणमा उदयपुरमा ठुलो संख्यामा कोरोना सक्रमित देखिय पछि कोरोना संक्रमण रोकथाम र नियन्त्रण प्रभावकारी बनाउन चौदण्डीगढी नगरपालिकामा अस्थाई कोभिड आइसुलेसन स्थापना गरिएको थियो ।

सोही स्थानलाई कोभिड अस्पतालको रुपमा बिकास गर्न उदयपुरका सबै स्थानिय सरकारले लगानी गर्ने निर्णय गरेका थिए । सोहि निर्णय बमोजिम ३ करोड १२ लाख रुपैयाँ लागतमा ‘स्टिल फ्रेम स्ट्रक्चर’को अस्पताल भवन को आज उद्घाटन गरिएको हो ।

४० शैया रहने १४ कोठे भवनमा ८ बेडको भेन्टिलेटर समेत रहने जनाइएको छ । अस्पतालमा ट्रिटमेन्ट प्लान्टसहितको पानी प्रशोधन केन्द्र र छुट्टै ओपीडी र डाक्टर रुमको व्यवस्था रहनेछ ।

सुसन आदित्य रेग्मी जेबिले २ करोड ६८ लाख रुपैयाँमा अस्पताल भवन निर्माणको ठेक्का पाएको थियो । अस्पताल निर्माणका लागि उदयपुरका ४ नगरपालिका कटारी, त्रियुगा, चौदण्डीगढी र बेलकाले १५÷१५ लाखका दरले ६० लाख रुपैयाँ, ४ गाउँपालिका रौतामाई, उदयपुरगढी, ताप्ली र लिम्चुङवुङले १०÷१० लाखका दरले ४० लाख लगानी गरेका थिए । त्यसै गरी स्विस सरकारको डेढ करोड रुपैयाँ सहयोग रहेको चौदण्डी नगरपालिकाका नगरप्रमुख राईले बताए ।

उद्घाटन कार्यक्रममा बोल्दै सामाजिक बिकास मन्त्री जिवन घिमिरेले कोभिड नियन्त्रणका लागी स्थानिय सरकारले खेलेको भुमिकाको प्रशंसा गर्दै नागरिकहरुको स्वास्थ्यका बिषयमा प्रदेश सरकार पनि संवेदनशिल रहेको बताए ।

कार्यक्रममा प्रदेश सासंद अम्बिका थापा, सुनिता चौधरी, कला घले, त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरी, उपप्रमुख देबीकुमारी चौधरी, चौदण्डीगढी नगरपालिकाका प्रमुख खगेन्द्र राई, उपप्रमुख रिताकुमारी चौधरी, बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापा, उपप्रमुख राजकुमारी चौधरी, ताप्ली गाउँपालिकाका अध्यक्ष उद्धवसिंह थापा लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।