‘म जतिबेला पनि मारिन सक्छु’ : रामकुमारी झाँक्री

Logo
नेपाल समाचारपत्र आइतबार, पुष १२, २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाकी नेतृ रामकुमारी झाँक्रीले आफू जतिबेला पनि मारिने सक्ने बताएकी छिन् । शनिबार सामाजिक सञ्जाल टिकटकमा लाइभ भिडियो मार्फत् भावुक हुँदै उनले यस्तो बताईन् । उनले राष्ट्रपति बिद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई बर्बाद बनाएको बताएकी छिन् ।

ओली र भण्डारीप्रति इंगित गर्दै जनताले चुनेका ब्यक्ति नै राजाभन्दा निरंकुश देखिएको बताएकी छिन् । संबिधानको चीर हरण गर्नेहरुलाई बालुवाटार र शितल निवासबाट गलहत्याएर निकाल्ने दिन आउने भन्दै त्यो बेला आफू नहुन पनि सक्छु भन्दै उनी भावुक बनिन् ।

करिब एक घण्टा लामो लाइभमा उनले गाउँमा पार्टी सदस्यता लिन आफूले गरेको संघर्षदेखि राजतन्त्रमा राजकाज मुद्धासम्म भोग्नु परेको स्मरण गर्दै ओलीले जनतामाथि घात गरेको पनि बताईन् ।

केपी ओलीले अरुलाई मान्छे नै नमान्ने भएका कारणले आज यो अवस्था सिर्जना भएको बताउँदै ओली र भण्डारीको निरंकुशता एक महिनामै अन्त्य गरिदिने चेतावनी दिएकी छिन् ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।