निर्बाचनबाट डराएर हैन लोकतन्त्र जोगाउन कांग्रेस सडकमा आएको हो – उदयपुर कांग्रेस

Logo
खेमराज दाहाल सोमबार, पुष १३, २०७७

उदयपुर । संसद विघटनको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अहिले देशभर प्रदर्शनमा छ । संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै कांग्रेसले देश भरका १६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेकाे हाे ।

पूर्वनिर्धारित कार्यक्रम अनुसार नेपाली कांग्रेस उदयपुरले आफ्ना २ निर्वाचन क्षेत्रमा बिशाल बिरोध प्रदर्शन गरेको छ। उदयपुरको क्षेत्र नं १ अन्तर्गत चौदण्डीगढी नगरपालिकाको बेल्टारमा र क्षेत्र नं २ को कटारीमा ब्यापक बिरोध प्रदर्शन गरेको हो।

चौदण्डीगढी नगरपालिकाको बेल्टारमा भएको बिरोध कार्यक्रको सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस उदयपुरका सभापति बिदुर बस्नेतले निर्वाचनबाट डराएर नभएर लोकतन्त्र र संबिधानको राक्षा गर्न नेपाली कांग्रेस सडकमा आउनु परेको बताए।

“कम्युनिष्टहरुले हाम्रो जस्तो प्रगतिशील संबिधानलाई समेत धरासायी र लोकतन्त्रलाई निमिट्यान्न पार्ने बाटोमा लागे”, सभापति बस्नेतले भने, “स्थापनाकाल देखी लोकतन्त्रको पक्षमा उभिएको कांग्रेसले त्यसलाई बचाउन सडकमा आउनु परेको हो ।”

यस्तै बिरोध सभालाई सम्बोधन गर्दै प्रदेश १ का सांसद तथा पूर्वसभापति हिमाल कार्कीले केपी ओली सरकारले संबिधान र लोकतन्त्रमाथी “कू” गरेको बताए। प्रधानमन्त्री ओलीले असंवैधानिक काम गरेकोले कांग्रेसले टुलुटुलु हेरेर बस्न नहुने भएकोले सडकमा आउन बाध्य भएको कार्कीले बताए।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसका क्षेत्रिय सहसभापति बसन्त बस्नेतले हामी संबिधानबाद, कानुनी राज्य र लोकतन्त्रका परिपालक हौ, त्यसैले ति कुरालाई संकट पारेका बेला अदालतमा मुद्दा विचाराधीन छ भनेर पर्खिने अवस्था नरहेकाले सच्याउन दवाब दिन सडकमा आउनु परेको उल्लेख गरे।

बिरोध कार्यक्रमलाई चौदण्डीगढी नगरपालिकाका मेयर, त्रियुगा नगरपालिका उपमेयर, क्षेत्रिय सभापति, महाधिबेशन प्रतिनिधि लगाएतले सम्बोधन गरेका थिए।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।