मेयरले नगरलाई अनिर्णयको बन्दी बनाएको भन्दै उपमेयर सहित वडाअध्यक्षहरुले बुझाए पत्र

तत्काल बैठक नबोलाए दोस्रो कदम चाल्ने
Logo
खेमराज दाहाल मंगलबार, पुष १४, २०७७

उदयपुर : लामो समय देखी कार्यपालिका बैठक नबोलाएको भन्दै त्रियुगा नगरपालिकाका उपमेयर सहित वडाअध्यक्षहरुले तत्काल बैठक बोलाउन माग गर्दै पत्र बुझाएका छन् ।

बैठकले महत्वपुर्ण एजेण्डाहरुमा निर्णय नगर्दा विकास निर्माणलगायत अन्य गतिविधिहरु ठप्प भएको र मेयर बलदेब चौधरीले आफूखुसी विभिन्न क्रियाकलाप र निर्णय गर्दै गएकाले कार्यपालिका बैठक नबोलाएर समग्र नगरलाई अनिर्णयको बन्दी बनाएको वडाअध्यक्षहरुले बुझाएको पत्रमा उल्लेख गरेका छन्।

उपमेयर देबी चौधरी सहित अन्य आठ वडाअध्यक्षहरुको हस्ताक्षर सहित बुझाइएको पत्रमा लामो समय देखी कार्यपालिका बैठक नबस्दा विकास निर्माण, नीतिगत निर्माण, नियम कानुन र कार्यबिधी नै अपूर्ण रही आएको भन्दै अबिलम्ब बैठकको माग गरिएको छ।

पत्रमा नगरपालिकाले आफूखुसी गरेका विभिन्न निर्णयहरुमा समेत चित्त नबुझेको हुदा यथासिघ्र बैठक बोलाउन माग गरिएको छ। नगर प्रमुखले नगरलाई अनिर्णयको बन्दि बनाएको उल्लेख गर्दै पत्रमा भनिएको छ, “कार्यपालिका बैठक नबोलाइदा नगरका विभिन्न बिषयगत समिति निष्प्रभावी रहेको र यसले नगरले दिने सेवा प्रवाहमा समेत असर परेको हुदा अबिलम्ब बैठक बोलाइयोस नत्र हामी दोस्रो कदम चाल्न बाध्य हुने छौ।”

विभिन्न समयमा बैठक बोलाउन ध्यानाकर्षण गराए पनि नगर प्रमुखले बेवास्ता गरेका कारण आफुहरुले यो कदम चाल्नु परेको एक वडाअध्यक्षले बताए।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]