स्थानीय तहमा पार्टी एकताकै चिन्ता भए पनि उदयपुरमा भने फुटका लागी अग्रसर

Logo
खेमराज दाहाल मंगलबार, पुष १४, २०७७

उदयपुर । उपल्लो तहका नेताहरु आ–आफ्ना दाबीसाथ अदालत र निर्वाचन आयोग पुगे पनि प्राय स्थानीय तहका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ता र मतदाता भने पार्टी एकताकै पक्षमा उभिएको पाइएको छ ।

उपल्लो तह (केन्द्र) का नेता दाहाल–नेपाल र केपी ओली समूह भनेर चिनिँदै एकअर्कोविरुद्ध सत्तोसरापमा ओर्ले पनि स्थानीय तहका आम कार्यकर्ता र मतदाता अझै पार्टी एकताकै पक्षमा उभिएका हुन् ।

देशै भरमा एकताको पक्षमा देखिए पनि उदयपुरमा भने नेकपा विभाजनको असर छताछुल्ल देखिएको छ। नेकपा उदयपुरका दुवै समुहका नेताहरु आफ्नो समुहलाई दर्बिलो बनाउन स्थानीय तहका पनि तल्लो निकाय सम्म पुग्न थालेका छन्।

नेकपा केपी समुहले उदयपुरमा पत्रकार सम्मेलन नै गरेर जिल्ला संयोजक र सचिवको घोषणा गरेको छ । यस अघि पूर्वएमाले रहदा नेपाल पक्षका उदयपुरका युवा नेता प्रमेश घिमिरे ओली समुहमा प्रवेश गर्दै उदयपुरको जिल्ला संयोजक बनेका छन्।

जिल्लामा पत्रकार सम्मेलन मार्फत संयोजक र सचिवको घोषणा पश्चात ओली समूह अहिले जिल्लाका तल्ल्ला स्थानीय तहमा समेत कार्यकर्ता फकाउन र आफ्ना पक्षमा पार्न दौड धुपमा लागेका छन्।

प्रचण्ड नेपाल समुहका केही नेताले पार्टी फुटलाई प्रेरित गर्ने खाले कुनै क्रियाकलाप नगर्न अनुरोध गरे पनि ओली समुहका नेता भने जिल्ला संयोजक र सचिव तोकी जिल्लाका तल्ला स्थानीय तहमा पुगेर कार्यकर्तालाई आफ्नो पक्षमा पर्न थाली सकेका छन्।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]