उदयपुरमा प्रचण्ड र माधव समूहको बृहत बिरोध प्रदर्शन

Logo
मंगलबार, पुष १४, २०७७

उदयपुर -संसद् विघटनविरुद्ध नेकपा (अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल) समूहले उदयपुरमा बिशाल बिरोध जुलुस निकालेको छ।

मंगलबार दिउँसो उदयपुरको गाईघाट बजारमा निकालेको जुलुसको नेतृत्व प्रचण्ड-नेपाल समूहका नेकपाका केन्द्रीय सदस्य समेत रहेका प्रदेश नम्बर १ का पार्टी सचिब तथा सांसद् सुरेशकुमा राई ‘हिमाल’, केन्द्रीय सदस्य तथा त्रियुगा नगरपालिकाका मेयर बलदेब चौधरी, केन्द्रिय सदस्य जगन्नाथ खतिवडाले गरेका थिए।

बिरोध जुलुश पछिको बिरोध सभालाई केन्द्रिय सदस्यहरू राई, खतिवडा, चाैधरी, प्रदेश सांसद नारायण बुर्जा मगर, सुनीता चौधरी लगायतका नेताहरुले संवाेधन गरेका थिए।

उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको असंबैधानिक कदमको बिरोध गर्दै तत्काल त्यसलाई सच्याउन माग गरेका थिए। बक्ताहरुले ओलीको यो कदम जनअपेक्षा बिपरित भएको उल्लेख गरेका छन्।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]