कम्युनिष्ट आन्दोलनको अन्तिम लक्ष्य समाज बिघटन र राष्ट्रिय एकता बिगार्ने मात्र(भिडियोमा हेर्नुहोस)

Logo
खेमराज दाहाल मंगलबार, पुष २१, २०७७

हरेक भाषणहरुमा प्राय बोल्न नछुटाउने कम्युनिष्ट हरुको एक साझा सब्द हो “कम्युनिष्ट आन्दोलन”, त्यो शान्तिपूर्ण होस या बिध्वासात्मक। उनीहरुले आफ्ना बैठक, गोष्टि सेमिनार हरुलाई पनि आन्दोलनकै रुपमा लिने गर्छन।

छुट्टीनु चैटुनु एकता भंग हुनु एक अर्का प्रति आलोचना गर्नु अविस्वास गर्नु लाई पनि उनीहरु क्रान्तिकारी अभियान ठान्दै कम्युनिष्ट आन्दोलनको एक प्रमुख हिस्सा र उपलब्धि ठान्छन।

२ बर्ष अगाडी कम्युनिष्ट आन्दोलनलाई त्यसको गन्तब्य सम्म पुर्याउन आबस्यक भएको भन्दै नेपालका दुई ठुला कम्युनिस्ट पार्टीले एकता गरे। दुई ठुला कम्युनिस्ट पार्टीले एकता गरि सके पछि सबैले पत्याउननै परो उनीहरुले भन्ने गरेको कथित आन्दोलन दिने उपलब्धी के के हुन् थाहा छैन तर पनि केहि त् होला।

तर त्यसको तिन बर्ष पुग्न नपाउदै त्यहि कथित कम्युनिष्ट आन्दोलनलाई जोगाउन बचाउन र अगाडी लैजान उनीहरुले फुटको बाटो रोजे र एक अर्कामा अस्वस्थ आलोचना गालि गलौज गर्दै कम्युनिष्ट आन्दोलनलाई घचेट्ने प्रयासमा छन्।

आम नागरिकमा समेत कम्युनिष्ट आन्दोलनको अर्थ मूल मर्म उपलब्धि के हो भन्ने बिषय पोल्न थालेको छ। कोरोना माहमारिले धरासायी भएको देशलाई सहि निकास दिएर अगाडी लानु पर्ने बेलामा उनीहरुको कथित कम्युनिष्ट आन्दोलन भनिने शब्दमा देश अल्झिएको छ, अल्झाइएको छ।

यस्तो देश आफै संकटमा फसेका बेला आम नागरिकले अकालमा ज्यान गुमाई रहनुपरेका बेला उनीहरुले भन्ने गरेको कथित आन्दोलनले उपलब्धि भने विभाजन दिएको छ।

सयौ फूलका थुगा हामि एउटै माला नेपाली भनेर जोड्ने बेलामा कम्युनिष्टहरुको कथित कम्युनिष्ट अन्दोलनले हरेक जातजाति लिङ्ग बर्ण हरुलाई अलग-अलग गरेर तितर-बितर बनाइ राष्ट्रिय एकतालाई नै भंग गरि गर्ने अबस्था सिर्जना भएको छ।

देशका प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रुपमा बोलेका शब्द हरुलाई हेर्ने हो भने देशमा अब कुनै कानुन संबिधान अनुशासन र मर्यादा भन्ने चिज नै छैन जस्तो लाग्छ। अर्का तर्फ प्रधानमन्त्री भै सकेका व्यक्तिहरुको अभिव्यक्ति हेर्ने हो भने मान सम्मान, मर्यादा भन्ने चिज हरु सबै लोप भएर कसैले कसैको अस्तित्वनै नस्विकार्ने अबस्थामा देश पुगेको छ।

अहिले त्यहि कथित कम्युनिष्ट आन्दोलनका नेताहरु एक अर्काको अस्तित्व मेटाउने अभियानमा छन्। मान-सम्मान, मर्यादा, अनुशासन भुलेर एक अर्काको अस्तित्वलाई मेटाउने अभियान अन्तर्गत लागेका नेताहरुले आफ्ना कार्यकर्तालाई समेत त्यहि स्कुलिङ्गमा हुर्काउदा त्यसले समाजलाई समेत विभक्त बनाएर छुट्याएको छ।

अनेकतामा एकता खोज्दै अगाडी बढेको देशलाई कम्युनिष्ट आन्दोलनले अझ ठुलो दुरीमा अलग-अलग र अविस्वास बढाई दिएको छ। भावनामा बढी नै बहकिने नेपालीको मन र भावना माथी खेल्दै समाजलाई अलग-अलग ध्रुबमा उभ्याएको छ।

देशका सम्म्मनित व्यक्तिहरुबाट आम नागरिक,इतिहास र बालबच्चाले सिक्ने भनेको नै टुट फुट, एकले अर्कोको अस्तित्व समाप्त पार्ने, चलखेल, भ्रष्टाचार अपमान जस्ता कुरा भएका छन्।

त्यसैको फलस्वरूप समाज देखिनै त्यस्ता खालका प्रयास हरु भएका देखिन थालेका छन्। परिवारमा राजनीतक द्वन्द, समाजमा एकले अर्कोलाई सिध्याउने खेल तिकडम बाजी अहिले समाज र परिवारमा सामान्य लाग्न थालेको छ। निर्मला पन्त जस्ता महिलाले न्याय नपाउनु, महिला हिँसा, सामाजिक विभेद बढ्नु, समाज अझै असहिष्णु बन्दै जानु, पोलिटिकल पावरका भरमा अपराधिहरु छुट्नु, राष्ट्रिय एकता बिग्रदै जानु, समाज विभाजित हुदै जानु कथित कम्युनिस्ट आन्दोलनले दिएका उपलब्धि हुन् भन्दा फरक नपर्ला।

एक पटक हेरौ नेपालका बिशिस्ट व्यक्तिहरुले बोलेका अभिव्यक्ति।।।।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।