प्रचण्डलाई प्रधानमन्त्री, माधव नेपाललाई अध्यक्ष र झलनाथ खनाललाई राष्टपति हुने लाेभले यो अवस्था सिर्जना भयो – नेकपा ओली समूह उदयपुर

Logo
बुधबार, पुष २२, २०७७

उदयपुर । नेपाल कम्युनिष्ठ पाटि नेकपा निकट युवा तथा बिध्यार्थीकाे भेला अाज उदयपुर सदरमुकाम गाईघाटमा सम्पन्न भएकाे छ । जिल्लाका अधिकांश शैक्षिक संस्था र पालिकाहरुबाट भेलामा सहभागी भएका युवा तथा विधार्थीले सदरमुकाम गाईघाटमा प्रभातफेरी समेत गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गलत व्यक्तिबाट मुलुकलाई जोगाएर जनतालाई सुम्पिएकोमा युवा तथा विधार्थीले स्वागत गर्दै सुर्य चिन्ह हाम्राे हाे, केपि अाेलि जिन्दावाद, ताजा जनादेश जिन्दावाद, स्थिर सरकार जिन्दावाद लगायतकाे नारा लगाउदै बजार परिक्रमा गरेका छन् ।

जिल्ला भेलालाई प्रमुख अथितिकाे रूपमा नेकपा केन्द्रिय सदस्य तथा युवा संघ नेपालका सह संयाेजक रमेश पाैडेल र बिषेश अथितिकाे रूपमा नेकपा केन्द्रिय सदस्य तथा अनेरास्ववियूका नेता शैलेश लामा लगायतले सम्बोधन गरेका छन ।

भेलालाई सम्बाेधन गर्दै प्रमुख अथिति पाैडेलले प्रचण्डलाई प्रधानमन्त्रि हुने लाेभ, माधव नेपाललाई अध्यक्ष र झलनाथ खनाललाई राष्टपति हुने लाेभ र रहरका कारण अहिले अवस्था सिर्जना भएकाे भन्दै त्यस बिरूद केपि अाेलि संसद बिघटन गरेकाे दावि गरे गरे ।

स्थिर सरकारकाे पक्षमा जनता सामु मत मागेर झन्डै दुई तिहाईकाे बहुमत प्राप्त गरेकाे भएपनि त्यस बिरूद पाटिकै नेताहरू लागेकाे भन्दै पाैडेलले नेताहरूकाे चर्काे बिराेध गरे ।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्रि केपि शर्का अाेलि ले लिम्युधारा लुपुलेक र कालापानिकाे नक्सा सार्वजानिक गरे संगै राष्टवादि छवि बनाईकाे, प्रधानमन्त्रि लाेकप्रिय हुने देखेकाे र त्यस प्रति अात्तिएका नेताहरूकाे कारण अहिले अवस्था सिर्जना भन्दै त्यसका बिरूदमा लाग्न युवातथा बिध्यार्थिहरूलाई सह संयाेजक पाैडेलले अाग्रह गरे ।

दाहाल–नेपाल समूहले आफ्नै दलका प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न र संसदीय दल टुक्राउन खोजेकाले पार्टी फुटकाे अवस्थामा अाएकाे भन्दै पाटि फुटकाे सम्पुर्ण दाेस प्रचण्ड र नेपालले लिनु पर्ने बताए ।

सूर्य चुनाव चिह्नमा दाबी गर्ने प्रचण्डकाे नैतिक आधार नै नभएकाे भन्दै पाैडेलले सूर्य हाम्रो भएकाे र अाधिकारीक पाटि पनि अाफुहरू नै भएकाे दावि गरे । पाैडेलले चाैतर्फि घेराबन्दि र जनताले प्रत्यक्ष अनुभुति हुने काम गर्न नदिएका कारण प्रधानमन्त्री ओलीले ताजा जनादेशमा जाने इच्छा गर्नु भएकाे हुदाँ बैशाखमा जुनसुकै हातलमा पनि चुनाव हुने हुदाँ पाटिले खटाएकाे क्षेत्रहरूमा लाग्न र अाफ्ना नेतालाई चुनाव जिताउन युवा र बिध्यार्थिलाई अाग्रह समेत गरे ।

यस्तै कार्यक्रमलाई संवाेधन गर्दै बिषेश अथिति शैलेश लामाले आफुले नेतृत्व गरेको संगठन नै नेपाली विधार्थी आन्दोलनको मुल प्रवाह रहेको भन्दै ढुक्क भएर बिध्यार्थि अान्दाेलनमा लाग्न अाग्रह गरे । नेता लामाले नेकपामा देखिएको विवादले विधार्थी संगठनमा समेत अराजकता हावी भएको भन्दै उनले प्रगतिशिल विधार्थीलाई अलमलमा नपर्न आग्रह गरे ।

अराजकता, अनुशासनहीन र दलालीहरुले अनेरास्ववियूको इतिहासलाई बद्नाम गर्न खोजेको भन्दै त्यस बिरूद्द लाग्न सवै बिध्यार्थिहरूलाई लामाले अाग्रह गरे । लामाले अनरोस्ववियूले बिषेश परिस्थिति बाहेक टायर बाल्ने, चक्काजाम गर्ने, बन्द अवरोध गर्ने लगायत सडक आन्दोलन त्यागेको भन्दै बिध्यार्थिहरूकाे हितमा मात्र काम गर्न बिध्यार्थिहरूलाई अाग्रह गरे ।

संसद बिघटन गर्नुकाे मुख्य दाेसि प्रचन्ड र माधव नेपाल भएकाे भन्दै केपिकाे वलि बच्नु भनेकाे नेपाल बच्नु हाे त्यस कारण बिध्यार्थिहरूले केपि वलिकाे बिचार र.उहाले देश, बिकास जनताका लागि गरेकाे कामकाे प्रचार गर्न पछि पर्न.नहनुे पनि बताए । उनले केपी ओली नेतृत्वको पार्टी नै मुल पार्टी हुने र.सुर्य चिन्ह अाफुहरूले पाउने दावि गर्दै सबै बिध्यार्थिहरूलाई यहि कुरा जनता सामु लैजान समेत अाग्रह गरे ।

भेलामा उदयपुरबाट नेकपा केन्द्रिय सदस्य बन्नु भएका नेताहरू मणि पाैडेल, बिमल कार्कि, ज्ञानेन्द्र श्रेष्ठ, दुर्गा कुमार थापा, अम्बिका थापा, कला घले, नेकपा जिल्ला संयाेजक प्रमेश्वर मिघिरे, सचिव कुशल बाबु बस्नेत, नेकपा प्रदेश कमिटि सदस्यहरू, नेकपा जिल्ला कमिटि सदस्यहरू,अनेरास्वियु केन्द्रिय सदस्यहरू केशव चाम्लिङ, रामशरण चाैधरी, शम्भु प्रसाद शर्मा, मिरा बिष्ट, जिवनाथ दाहाल, बसन्त मगर, सुनिल लामा त्यसै गरी युवा संघ नेपालका केन्द्रिय सदस्यहरू राेशन बस्नेत, क्षितिज थेवे, राकेश राई, राेशन बस्नेत लगायतकाे कार्यक्रममा सहभागिता रहेकाे थियाे । कार्यक्रमकाे अध्यक्षता युवा संघका केन्द्रिय सदस्य मन्दिप राई र कार्यक्रम संचालन अनेरास्वियुका नेता भुवन दाहालले गरेका थिए ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।