कार्कीको अगुवाइमा मृगौला पिडितलाई डेड लाख बराबरको आर्थिक सहयोग

Logo
बुधबार, पुष २२, २०७७

नेपाली काँग्रेस उदयपुर विधार्थी विभाग प्रमुख एल. वि. कार्कीले आफ्नै अगुवाइमा एक मृगौला पिडितलाई करिब डेड लाख बराबरको सहयोग रकम जम्मा गरेर हस्तान्तरण गरेका छन्।

दुवै किड्नी फेल भई भक्तपुर मानव अंगप्रत्यारोपण केन्द्रमा उपचाररत एक उदयपुरकी महिलालाई एक लाख ४७ हजार रुपैया सहयोग रकम आज हस्तान्तरण गरिएको हो।

उदयपुरको साविक आपटार निवासी रामबहादुर कटुवालकी छोरी त्रियुगा नगरपालीका ८ निवासी विनोद कार्कीकी श्रीमती अनिता कटुवाल कार्कीलाई उपचारत अस्पतालमा गएर सहयोग रकम हस्तान्तरण गरेको कार्कीले बताए।

उदयपुरबाट आएर काठमाण्डौ बस्दै आएका र विदेशमा रहनुहुने अग्रज, साथिभाई हरु संग सहयोगको लागी अपिल गरेर अहिलेको रकम जम्मा गरेको कार्कीले बताए।

जापानमा बस्ने रौतामाइ गाउपालिका–६ निवासी नीरज कटुवालको संयोजनमा १ लाख ४७ हजार संकलन भएको हो । रौतामाइ गाउपालिका ६ निवासि नीरज कटुवालले २११००, नेत्र राउत –१३३०५ त्रियुगा १६ सुकौरा, भरत थापा –१०५०० त्रियुगा – ५ भल्वाइ, विक्रम राया –१०१०० रौतामाई मुर्कुची, सृजना दाहाल –१०१०० रौतामाई गाउपालीका – ६, इश्वर राउत –१०००० रौतामाई गाउपालीका – ६, मेघराज थापा –१०००० रौतामाई मुर्कुची, दिनेश थापा –१०००० रौतामाई मुर्कुची, निकेश कटुवाल –१०००० त्रिनपा – ३, मतिगोडा चाप, नर्दिप राई –१०००० रौतामाई कर्कुसे, प्रीयाकां खड्का – ५००० कटारी, सुरक्षा पाण्डे –५००० फर्पिङ्ग काठमाण्डौ, मंगल तामाङ्ग –५००० लम्जुङ्ग, घमान मगर – ५००० त्रियुगा १६ आहाल, LelinBhattchanSekuwaGhar Okubo –५००० जापान, सुजन पन्त – ५,००० Acua Group Co.Jp ले पिडितलाई सहयोग गरेको कार्कीले जानकारी दिए।

अनिताका ७ वषेै र ४ वर्षे दुई छोरी छिन भने श्रीमान बैदेशिक रोजगारीको लागि साउदी गएका भएपनि श्रीमती विमारी भए पछि नेपाल आएर उपचार गराइरहेका छन ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।