उदयपुरको गाईघाटमा कांग्रेसको बिशाल मोटरसाइकल र्‍याली सहित बिरोध जुलुस(फोटो सहित)

Logo
शनिबार, माघ ०३, २०७७

उदयपुर – संसद विघटनको विरोधमा नेपाली कांग्रेस उदयपुरले शनिबार सबै स्थानीय तहमा मोटरसाइकल र्‍याली निकालेको छ। देशका ६ सय ५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्ने कांग्रेसको कार्यक्रम अन्तर्गत उदयपुरको त्रियुगा नगरपालिकामा पनि प्रदर्शन गरिएको हो।

उदयपुरको पार्टी कार्यालयबाट निकालिएको मोटरसाइकल र्‍याली राजाबास , चुवाडे, जलजले , देउरी मोतीगडा हुँदै फेरि गाईघाट बजारको मेन चोकमा कोण सभामा परिणत भएको थियो।

र्‍यालीमा सहभागी भएका नेता कार्यकर्ताहरुले,संसद विघटन खारेज गर, असंवैधानिक कदम फिर्ता गर, केपी तिम्रो पाराले दुःख पायो साराले लगायतका नाराहरु लगाएका थिए।

कोण सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका क्षेत्रिय सहसभापति बसन्त बस्नेतले कम्युनिष्ट सरकारले संबिधान र माथी ‘कु’ गरेकाले कांग्रेस सडकमा आएको बताए । देश र संबिधान माथी ‘कु’ गर्ने राजा राणा लाई फालेको कांग्रेसले आफ्नो नेतृत्वमा बनाएको संबिधान माथी यस्तो बबर्ता पुर्वक गरिएको हस्ताक्षपको हिसाब किताब गरेर छाड्ने बताए।

यस्तै नेपाली कांग्रेस उदयपुरका पूर्व सभापति तथा प्रदेश सांसद हिमाल कार्कीले केपी ओलीले संबिधान माथी निर्मम बलात्कार गरेकोले कांग्रेस सडकमा आएको बताए।

यता नेपाली कांग्रेस त्रियुगा नगरका सभापति सरोज बस्नेतले केपी ओलीको यो कदमलाई असफल बनाउन नेपाली कांग्रेस सडकमा आएको र काग्रेस सँग जोडिएका लोकत्रन्त्र, राष्ट्रियता र संबिधान संग नखेल्न चेतावनी दिए।

त्रियुगा नगरपलिकाकि उपमेयर देबी चौधरीले कम्युनिष्ट हरुले देशलाई स्थानीय तह देखिने सखाप पारेको आरोप लगाउदै नगरका मेयर बलदेब चौधरी पनि ओलीकै लाइनमा उभिएको आरोप लगाइन ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।