प्रधानमन्त्रीले मात्र संसद पुनर्स्थापना हुदैन भनेर हुदैन – न्यायाधीश

Logo
बुधबार, माघ ०७, २०७७

काठमाडौं । प्रतिनिधि सभा विघटनको मुद्दामा सुनुवाइ गरिरहको सर्वोच्च अदातलको संवैधानिक इजलासका न्यायाधीशले कसैको भाषणले आफूहरू प्रभावित नहुने बताएका छन्।

बुधबारको सुनुवाइका क्रममा बहस गरेका रिट निवेदक कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्रीले भाषणमा संसद पुनर्स्थापना हुन्छ भन्दै हिँडेको कुरा इजलासमा राखेका थिए।

‘यो इजलासमा विचाराधीन मुद्दा भएको बेला प्रधानमन्त्रीले पुनर्स्थापना को भाषण गर्नुले जनमानसमा कस्तो सन्देश जान्छ श्रीमान्?’ उनले भने।

उनको कुरा सुनेपछि एक न्यायाधीशले दुवैतिरबाट त्यस्ता भाषण भइरहेको बताए। ‘प्रधानमन्त्रीको भाषणले तपाईंलाई प्रभावित गर्छ?’ उनले सोधे। ‘हुन्न श्रीमान!,’ अधिवक्ता न्यौपानेले भने ।

त्यसपछि न्यायाधीश अनिल सिन्हाले भने, ‘त्यसो भए हामी पनि कसैको भाषणबाट प्रभावित हुन्नौं, ल तपाईं विषयवस्तुमै केन्द्रीत भएर बहस गर्नुहोस्।’

अधिवक्ता न्यौपानेले प्रधानमन्त्रीले आफू खुसी संविधानको व्याख्या गरे संविधानवाद नै सकिने बताए। प्रधानमन्त्री ओलीले मंगलबारमात्रै प्रतिनिधि सभा पुनर्स्थापना हुने भ्रममा नपर्ने आग्रह गरेका थिए।

आजको बहसमा आठ अधिवक्ताले रिट निवेदनको पक्षमा वकालत गरेका थिए। अधिवक्ताहरु चन्द्रकान्त ज्ञवाली, कृष्णप्रसाद भण्डारी, अनिता मानन्धर, नवराज पाण्डे, सुजन नेपाल, सुरेन्द्र विक्रम केसी, देवबहादुर महत र रिट निवेदक कञ्चनकृष्ण न्यौपानेले बहस गरेका हुन्।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।