देशभरका वडामा कांग्रेसको शक्ति प्रदर्शन, उदयपुरका ८ वटै पालिकाका वडामा बिरोध जुलुश

Logo
बिहिबार, माघ ०८, २०७७

उदयपुर । प्रतिनिधि सभा विघटनविरूद्ध नेपाली कांग्रेसले उदयपुरले उदयपुरका ८ स्थानीय तहका वडाहरूबाट विरोध प्रदर्शन गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ मा गरेको प्रतिनिधि सभा विघटनको बिरोधमा जिल्लाका सबै वडा हरुबाट बिरोध गरेको हो।

बिरोध कार्यक्रममा बोल्ने अधिकांस बक्ताहरुले कम्युनिष्ट सरकारको यो कदम असंबैधानिक र जनताको मतको अबमुल्यन भएको बताएका छन्। ओली सरकारको यो कदम देश र जनताको हित बिपरित भएको कुरा कांग्रेसले जिल्लाका सबै स्थानीय तहका वडाहरुमा बिरोध गरेर जनताका कान कान सम्म पुर्याएको नेपाली कांग्रेसका क्षेत्रिय सह सभापति बसन्त बस्नेतले बताए।

नेता बस्नेतले कांग्रेसका अहिलेका बिरोध कार्यक्रमले कम्युनिस्टहरु देशबाट नै बिदा लिनुपर्ने दिन आएको बताए। “कांग्रेसले वडा नगर हुदै प्रदेशका क्षेत्र र प्रतिनिधिसभा क्षेत्र सम्मका बिरोधका कार्यक्रम गरि सकेको छ”, नेता बस्नेतले भने,” हामीले यो सरकारको कदम असंबैधानिक र जनचाहना बिरोधी भएको आम नागरिकलाई पुर्याएका छौ अब जनताले कम्युनिस्ट र ओलीको चरित्र बुझी सके, अब कम्युनिष्ट हरु देशबाटै बिदा हुने दिन गन्ति शुरु भयो ।”

यस्तै वडा स्तरीय बिरोध सभालाई सम्बोधन गर्दै त्रियुगा नगरपालिकाकी उपमेयर देवी चौधरीले ओली मात्र नभएर कम्युनिष्ट पार्टीले जितेका अधिकांस स्थानीय तहमा समेत ओली प्रबिधि हावी भएको बताइन। त्रियुगा नगरपालिकाका मेयर बलदेब चौधरीले नगर कार्यपालिकाका बहुमत सदस्य समेतलाई बाइपास गर्दै आफूखुसी निर्णय गर्दै हिड्दा नगरमा बेथिति बढेको आरोप लगाइन।

प्रधानमन्त्री ओलीको संसद बिघटन असंवैधानिक र अलोकतान्त्रिक भन्दै आएको कांग्रेसले आफ्ना विभिन्न चरणका आन्दोलन अन्तर्गत आज देशभरका छ हजार सात सय ४३ वडाहरूबाट विरोध प्रदर्शन गरेको हो।

प्रदर्शनका लागि जिल्ला तथा केन्द्रीय नेताहरू जिल्लादेखि वडासम्मका कार्यक्रममा पुगेका छन्। सभापति शेरबहादुर देउवाले बुधबार अपिल जारी गर्दै सरकारको उक्त कदमविरूद्ध वडाहरूबाट सक्रियताका साथ विरोध प्रदर्शन गर्न भनेका थिए।

कांग्रेसले यसअघि प्रतिनिधि सभाका क्षेत्र र प्रदेश सभाका क्षेत्र र स्थानीय पालिकामा विरोध प्रदर्शन गरेको थियो।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।