उदयपुरमा जबरजस्ती करणी पश्चात मार्ने उदेश्यले छत बाट खसाउने बिष्ट काठमाण्डौँ बाट पक्राउ

Logo
बिहिबार, माघ ०८, २०७७

उदयपुरको बेलका नगरपालिका ४ मा नशालु पदार्थ सेवन गराई जवरजस्ती करणी गर्ने एक युवक प्रक्राउ परेका छन्। जवरजस्ती करणी पश्चात घटना लुकाउन युवतीलाई मार्ने उदेश्यले स्कुलको छतबाट खसाउने उक्त युवकलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको बिषेश टोलीले बिहिबार काठमाण्डौको मनमैजु बाट पक्राउ गरेको हो ।

गत साउन १७ गते रातको समयमा उदयपुरको बेलका नगरपालिका ४ गुरुङचौरी स्थित जनता माध्यमिक विद्यालयको परिसरमा बेलका नगरपालिका ४ का २२ बर्षिय गोबिन्द भन्ने गुनराज बिष्टलाई सहित अर्का १ जनाले जवरजस्ती करणी गरी युवतीलाई स्कुलको छतबाट खसाएर सशख्त घाईते बनाई फराररहेका थिए ।

घाईते युवतीको कम्वर देखी मुनी केहि नचल्ने गरी छतबाट खसाली दुवै जना फरार रहेको आरोपमा बिष्टलाई भने प्रहरीले पक्राउ गरेको र अर्को फरार रहेका प्रतिवादीलाई भने खोजि कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

१८ बर्षिया युवतीलाई नशालु पदार्थ प्रयोग गराई जवरजस्ती गरी घटना लुकाउने भन्दै स्कुलको छतबाट खसाएर उनिहरु घटनास्थलबाटै फरार रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका विष्टलाई थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याइएको र फरार रहेको अर्कालाई पनि खोजी कार्य गरी तत्काल कार्वाहीको दायरामा ल्याउने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।