राष्ट्रपतिको ठाउमा संबैधानिक राजा भए अहिलेको अबस्था आउदैन थियो – राप्रपा नेता बस्नेत

Logo
मंगलबार, माघ १३, २०७७

उदयपुर । लोकतान्त्रिक शासन पद्धतिलाई बलियो बनाउनका लागि मुलुकमा धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाको मुद्दा स्थापित हुन आवश्यक रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता हरि बहादुर बस्नेतले बताएका छन् ।

आज उदयपुरको होटल वल्ड दरवारमा गरिएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता बस्नेतले लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउन संवैधानिक राजसंस्था अपरिहार्य रहेको बताएका हुन्।

उनले अहिलेको नेपालको ब्याबस्था अनुसार राष्ट्रपति कहिले पनि राष्ट्रको हुन नसक्ने, जुन पार्टी बाट राष्ट्रपति बनाइन्छ त्यहि पार्टी प्रति बफादार हुने हुदा यसले लोकत्रन्त्रलाई बलियो बनाउनुको सट्टा अझ धरासायी बनाउने बताए। “अहिलेको राष्ट्रपति बिद्या देवी भण्डारी नेकपाबाट ओलीको सिफारिसमा राष्ट्रपति भएकी हुन्, उनि अहिले राष्ट्रको र नेकपाको भन्दा पनि ओलीको राष्ट्रपति भएकी छन्”, उनले भने, “यदि राष्ट्रपति भण्डारी देशको राष्ट्रपति हुन्थिन भने प्रधानमन्त्रीले लगेको असंबैधानिक संसद बिगठन सम्बन्धि सिफारिस तत्काल पास गर्दिन थिन।”

देशकै सम्मानित संस्था अहिले ओझ सम्मान बिनाको कार्टुन जस्तै बनेको भन्दै त्यसलाई देशकै सम्मानित संस्था बनाउन संवैधानिक राजसंस्था नै आबश्यक पर्ने बताए। यदि राजा हुन्थे भने कुनै दल वा गुटको नभई समग्र नेपालीको हुने बताउदै उनले लोकतान्त्रिक ब्याबस्थालाई संस्थागत र बलियो बनाउन पनि संवैधानिक राजसंस्था अपरिहार्य रहेको औल्याए।

धर्म निरपक्ष राज्य हुदा मुलुकमा जात-जाति र एकअर्का धर्म प्रति वैमनस्यता बढ्ने, विभेद हुने, एकता नहुने अविस्वास बढ्ने हुदा देशको एकतामै असर पर्ने बताउदै उनले नेपालका ८५% जनता हिन्दु सनातन धर्मलाई अङ्गीकार गर्ने हुदा देशमा सनातन हिन्दु राष्ट्र नेपाल हुनु पर्नेमा जोड दिए।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।