युनाइटेड अरब इमिरेट्सको आर्थिक सहयोगमा उदयपुरको गाइघाट्मा जामे मस्जिदको पुनर्निर्माण पछि आज उद्घाटन भएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय नेता तथा पूर्वमन्त्री डा. नारायण खड्काको विशेष पहल र युयईको आर्थिक सहयोगमा पुनर्निर्माण भएको मस्जिदको डा. खड्का सहित नेपालका लागि युनाइटेड अरब इमिरेट्सका राजदूत साहद हाम्दान अल नाविले सयुक्त रुपमा मस्जिदको उद्घाटन गरेका हुन ।
मस्जिद उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत नाविले नेपाललाई आफ्नो दोस्रो मात्री देश सम्जिएको बताए । कामदारको रुपमा दुबई पुगेका नेपालीहरुको उच्च प्रशंसा गर्दै राजदूत नाविले नेपाल र युयईको सम्बन्ध अत्यन्तै सुमधुर रहेको उल्लेख गरे ।
नेपाल पाकृतिक सम्पदाको धनी देश भएको भन्दै यहाँको पानीलाइ दुबई पुर्याउन सके दुई देश बीच आर्थिक रुपमा पनि जोडिने बताए ।
एक तले ६० लाख रुपैयाँमा पुनर्निर्माण भएको मस्जिदलाई उद्घाटन गर्दै उनले मस्जिदको जग्गा कम भएकोले अर्को तल्ला निर्माण गर्न समेत सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । उदयपुरका अन्य मस्जिदहरुलाई पनि पुनर्निर्माण गर्न आबश्यक सहयोग गर्ने बताउदै मस्जिद पुनर्निर्माणमा आफुलाई सारथि बनाएकोमा डा खड्कालाई धन्यवाद ज्ञापन गरे ।
यस्तै मस्जिद उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै डा. खड्काले आर्थिक सहयोग मात्र नभएर हाम्रो निमन्त्रणालाई स्वीकार गरि मस्जिद उद्घाटनगर्न आफै उपस्थित भै दिएकोमा गाइघाट बासी र आफू अत्यन्त खुसी भएको बताए ।
उद्घाटन कार्यक्रममा राजदूत नावी, पूर्व मन्त्री खड्का, प्रदेश संसद सुनिता चौधरी, संजा दनुवार, त्रियुगा नगरपालिकाकि उपमेयर देवि चौधरी, कांग्रेस नेता वसन्त बस्नेत लगाएत उपस्थित थिए ।