स्वास्थ्य प्रमुख र डाक्टरले लगाए सँगै उदयपुरमा कोरोना विरुद्धको खोप लगाउन सुरु

Logo
बुधबार, माघ १४, २०७७

उदयपुर । नेपालमा सर्वप्रथम सबैभन्दा बढी कोरोना सक्रमित भेटिएर ‘कोरोना इपिसेन्टर’ बनेको उदयपुरमा कोरोना रोग विरुद्धको खोप लगाउन सुरु भएको छ । कोरोना रोग विरुद्धको खोप आज पहिलो दिन उदयपुर जिल्ला स्वास्थ्य प्रमुख मोहन सुवेदी र जिल्ला अस्पतालका प्रमुख डाक्टर जीवनारायण मण्डलबाट सुरु गरिएको हो ।

आज पहिलो दिन उदयपुर जिल्ला स्वास्थ्य प्रमुख सुवेदी र जिल्ला अस्पतालका प्रमुख डाक्टर मण्डल सहित १७ जना महिला र १६ जना पुरुष गरी ३३ जनाले कोरोना भाइरस बिरुद्धको खोप लगाएको उदयपुर जिल्ला स्वास्थ्य प्रमुख डा. मोहन सुवेदीले बताए।

खोप बिहान १०:३० देखी ४ बजे सम्म जिल्ला स्वाथ्य कार्यालयमा बिहिबार र शुक्रबार लगाइने, शुक्रबार चौदण्डीगढी नगरपालिकाको बेल्टार र शनीबार बेलका नगरपालिकाको रामपुर हुदै एक हप्तासम्ममा सबै पालिकामा अग्रपंतीमा खटिनेहरुलाई खोप लगाइसक्ने प्रमुख डा.सुवेदीले जानकारी दिए ।

प्रमुख सुबेदीका अनुसार पहिलो चरणको खोपमा स्वास्थ्यकर्मी , महिला स्वास्थ्य स्वयमसेविका, एम्बुलेन्स तथा शब (वाहन) चालक, कोभिड १९ को कारण मृत्यु भएका ब्यक्तिको शब ब्यवस्थापनमा खटिने सुरक्षाकर्मी र सार्वजनिक फोहोर संकलन गर्ने सरसफाइकर्मीलाइ लगाइने छ ।

सुबेदीका अनुसार पहिलो चरणमा जिल्ला भरी १२ सय जनालाइ खोप लगाइने भएको छ । प्रथम चरणको खोप सम्पन्न भएपस्चात १८ बर्ष उमेर पुरा भएका सवै नागरिकहरुलाई चरणबद्ध रुपमा खोप लगाइने डा. सुबेदीले बताए ।

अमेरिकाको अक्सफोर्ड युनिभर्सिटिले पत्ता लगाएको फर्मुला अनुसार भारत आफैले उत्पादन गरेको कोरोना विरुद्धको खोप भारत सरकारले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिएको थियो।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।