उपप्रधानमन्त्री पोखरेल सहभागी नेकपाको जनसभामा अञ्जली आधिकारीको ठुम्का

Logo
बुधबार, माघ १४, २०७७

उदयपुर । असंबैधानिक संसद बिघटन गरि देशलाई अध्यारोमा पुर्याएको नेकपाको ओली समुहले जग हसाउने काम सुरु गरेको छ। ताजा जनादेशको पक्षको उदयपुरको कटारीमा वृहत जनसभा गरेको नेकपा ओली समुहले नेपाली मोडल अञ्जली अधिकारीलाई ल्याएर ठुम्का हनाई बृहत राजनीतिक जनसभालाई खिल्ली उडाएको छ।

उदयपुरको प्रमुख व्यापारिक केन्द्र कटारीमा नेकपा ओली समुहले गरेको बृहत राजनीतिक जनसभामा “ढल्के बरको छायाले”, तिमि नआए मै आउला”, “पछ्यौरी च्यातियो तिम्ले तानेर” लगाएतका गीतमा मोडल अधिकारीले ठुम्का हानेकी हुन्।

मोडल अधिकारी ठुम्कासंगै नेकपा ओली समुहका कार्यकर्ता पनि सभामा ठुम्का हान्न ब्यास्त देखिन्थे। असंबैधानिक संसद बिघटन गरि देशलाई अर्बौको आर्थिक भार बोकाएको ओली सरकारले संसद बिघटनलाई चाड जस्तै मनाएको देख्दा आफुलाई अचम्म र दुख लागेको नेपाली कांग्रेस उदयपुरका क्षेत्रिय सभापति बसन्त बस्नेतले बताए।

जनसभालाइ सम्बोधन गर्ने क्रममा देश बनाउने र समृद्धि दिने बताउने नेपाल सरकारका उपप्रधानमन्त्री इश्वर पोखरेल ताजा जनादेश भन्न छाड्दैन थिए। ताजा जनादेशमा जादा देशले ब्यार्थमा अर्बौको घाटा सहनु पर्नेकुरालाई व्यवस्ता गरेका उपप्रधानमन्त्री पोखरेल पनि मोडेल अधिकारीको ठुम्कालाई आनन्द मान्दै नियाली रहेका थिए।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।