कुवेतमा कार्यरत उदयपुरका युवाहरु संगठित हुदै बनाए ‘उदयपुर मिलीजुली समाज कुवेत’

Logo
सोमबार, माघ १९, २०७७

उदयपुर । उदयपुरबाट बैदेशिक रोजगारीका लागि कुवेतमा पुगेका युवाहरु संगठित भएका छन् । कुवेत पुगेका उदयपुरे युवाहरुले उमेशकुमार पुडासैनीको अध्यक्षतामा ‘उदयपुर मिलीजुली समाज कुवेत’ नामक समूह गठन गरेका हुन्।

माघ १६ शुक्रबार गठन भएको समाज उदयपुरबाट कुवेत आएका युवाहरुको एकताका लागि रहेको अध्यक्ष पुडासैनीले जानकारी दिए । ‘परदेशमा भएपनि छुटेर छिन्नभिन्न हैन, मिलेर बसौं भनेर संगठित भएका हौं’ अध्यक्ष पुडासैनीले भने, ‘दुःखमा सुखमा सामूहिक रुपमा एकताबद्ध भएर सामना गर्न अब, समाजले महत्वपूर्ण भूमिका खेल्नेछ ।’

समाजले उदयपुरबाट कुवेत आएका नेपालीहरुको लागि आइपर्ने समस्याहरुको सवालमा समेत सामूहिक पहल गर्ने बताइएको छ । बिभिन्न कारण कुवेतमा अलपत्र पर्नेहरुलाई समेत सहयाग गरिने पुडासैनीले बताए । कुवेतको फर्वानीया पार्कमा गठन भएको ११ सदस्यीय कार्यसमितिले अन्य सदस्य थप्दै जाने बताएको छ ।

नवगठित समाजका अध्यक्ष उमेशकुमार पुडासैनीसँगै उपाध्यक्ष राजन चाम्लिङ राई, सचीव संजय सिंह कार्की, कोषाध्यक्ष हरिबहादुर राउत, सहकोषाध्यक्ष इन्द्रबहादुर परियार, प्रबक्ता चन्दबहादुर राउत रहेका छन् । त्यसैगरी सदस्यहरुमा पर्वत भट्टराई, विदुर कार्की, रोसन बास्तोला, सर्वन राई र संरक्षक सल्लाहकार युवक राई रहेका छन् ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।