उदयपुरमा कांग्रेसका सुभेच्छुक संस्थाहरुको मौन प्रदर्शन

Logo
शनिबार, माघ २४, २०७७

उदयपुर । उदयपुरमा प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरूले मौन विरोध प्रदर्शन गरेका छन् । शनिबार उदयपुरको गाइघाट बजार परिक्रम गर्दै कांग्रेसका सुभेच्छुक संस्थाले मौन बिरोध प्रदर्शन गरेका हुन् ।

आजको बिरोध प्रदर्शन कार्यक्रममा नेपाली कांग्रेसका सुभेच्छुक संस्थाहरु नेपाल ट्रेड यूनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल डेमोक्राटिक लयर्स एसोसिएसन, नेपाल निजामती कर्मचारी युनियन(संघ), प्रजातन्त्रवादी प्राधापक संघ नेपाल, नेपाल प्रेस युनियन, लोकतान्त्रिक गैर–सरकारी संस्था महासंघ लगायत सुभेच्छुक संस्थाले मौन बिरोध प्रदर्शन गरेका हुन् ।

विरोध प्रदर्शनमा सहभागीहरुले कालो झण्डा, हातामकालो पट्टि लगाएर गरिएको प्रदर्शनमा प्रतिनिधि सभा पुनर्वाहली गर, संवैधानिक सर्वोच्चता कायम गर, संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद, सबैलाई सामाजिक सुरक्षा लागू गर, संघीय शिक्षा ऐन जारी गर, मर्यादित रोजगारी सिर्जना गर,संघिय शिक्षा ऐन लागू जारी गर लगायतका बिभिन्न प्ले कार्ड बोकेका थिए ।

नेपाली कांग्रसले देशव्यापी रुपमा आह्वान गरेको विरोध कार्यक्रम अनुरुप उदयपुरमा पनि सो कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।