ओलीमा राक्षसि प्रवृति र अहमता छ : प्रदिप गिरि

Logo
मंगलबार, फाल्गुण ०४, २०७७

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सदस्य प्रदिप गिरिले केपी ओलिमा राक्षसी प्रबृत्ति र अहमता रहेको बताएका छन् । नेपाली कांग्रेस उदयपुर जिल्ला समितिले आयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्।

“केपी ओलिमा संविधानमै नभएको सबैले गर्न हुदैन भनेको काम नै आफुले गरेर देखाइदिएको अहम छ त्यसले एक दिन उनैलाई सकि दिन्छ ।” उनले थप्दै भने, “परापुर्वकालमा वीर पराक्रमी राक्षस जातिहरु पनि ओलिकै जस्तो अहमता राख्थे त्यसैको फल स्वरुप त्रिलोक बिजेता रावणले सीता हरेर लगे र अन्त्यमा रामको हात बाट मारिनु पर्यो । आज तिनै सीता स्वरुप संबिधानलाई केपी ओलिले हरण गरेका छन, बलात्कार गरेका छन त्यसको परिणाममा जनताले उनलाई राबण जस्तै बनाई दिन्छन ।”

यस्तै उनले स्वस्थानी कथाको स्मरण गर्दै ओलीलाई पनि स्वस्थानी कथाकै पात्र दक्ष प्रजापति जस्तो जनताले टाउकोमा बोकाको टाउको जोडिदिने बताए । “दक्षप्रजापतिलाई धेरै दक्ष हुदा जसरी महादेबले बोकाको टाउको जोडिदिए त्यसै गरि प्रधानमन्त्री ओली पनि धेरै दक्ष भएका छन उनलाई पनि नेपाली जनताले टाउकोमा बोकाको टाउको जोडि दिन्छन ।”, उनले भने।

ओलिको सनकी पाराले देशभरका जनताले दुख पाएको बताउदै उनले बहुमतको प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार अहिलेको संबिधानले परिकल्पना नै नगरेको जिकिर गरे ।

“विभिन्न देशका आफ्ना आफ्ना किसिमका संबिधान छन अन्य देशको जस्तो नेपालमा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार छैन,” उनले भने, “अन्य देश लगाएत नेपालकै बिगतका अनुभव बटुलेर बहुमतको प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार कटौती गरिएको हो ।”

प्रधानमन्त्री ओलिको सनकी पारालाई राष्ट्रपतीले पनि जि हजुरको पारामा बिपक्षीदलको नेता तथा अन्य सरोकारवाला हरुसँग परमर्श समेत नगरी स्वीकृत गरेर त्यो संस्थाको गरिमा समेत नराखेको उनको भनाई थियो ।

नेपाली कांग्रेसले जन्माएको संबिधानको रक्षा गर्न नेपाली कांग्रेस नै अगाडी सर्नु पर्ने बताउदै उनले अदालतमा बिचाराधिन अबस्थामा रहेको संबिधानको रक्षा अब सर्बोच्च अदालतले गर्ने र उस्ले संबिधानको अक्षरस व्याख्या गरेर निर्णय गर्ने बिस्वास ब्याक्त गरे ।

यस्तै बिरोधसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य लक्ष्मी परियारले संविधान तथा संघियताको जननी कांग्रेस भएको हुदा यस्को रक्षा र सम्बर्द्धन नेपाली कांग्रेसले नै गर्नु पर्ने बताइन ।

बिरोध सभामा नेपाली कांग्रेस उदयपुरका सभापति बिदुर बस्नेत, प्रतिनिधि सभा सदस्य प्रमिला राई, प्रदेश सभा सदस्य हिमाल कार्की, क्षेत्रीय सभापतिहरु राम कुमार खत्री, भोजराज खतिवडा, क्षेत्रीय सह-सभापति वसन्त बस्नेत लगाएतका नेताहरुले सम्बोधन गरेका थिए ।

बिरोध सभा अघि कांग्रेस उदयपुरको पार्टी कार्यलयबाट निकालिएको बिरोध र्‍याली उदयपुरको सदरमुकाम गाइघाट बजार परिक्रमा गरेर पिपल चोकमा आएर बिरोधसभामा परिणत भएको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।