उदयपुर । उदयपुरका ग्रामीण सडक मात्र हैन सदरमुकाम गाइघाट बजारका अधिकांस सडक पनि धुलाम्मे छन । दिनभर सवारी साधनको चापले धुलो उडेर सर्वसाधारणले सास्ती भोग्नु परेको छ । नगरपालिकाको बेवास्ताका कारण जनताले सास्ती बेहोर्नु परेको हो ।
जनता धुलोमा पुरिनु परेको बेलामा त्रियुगा नगरपालिकाका मेयर भने विभिन्न र्याली र बिरोध सभाहरुमा भाषणमा ब्यास्त छन । आफ्ना नगरका जनताको सेवा सुबिधामा ध्यान नदिने मेयर बलदेव चौधरी बिरोध र्याली र सभाहरुमा सरकारको आलोचनामा समय खेर फाली रहेका छन ।
स्थानीय सरकारको प्रमुख भएर सरकारकै आलोचना गर्ने मेयर चौधरी आफुले नगरका जनतालाई दिएका आश्वासन र जनताले गरेका अपेक्षामा भने ध्यान दिएका छैनन ।
जिल्लाकै मुटुको रुपमा रहेको गाइघाट बजार एरियामानै नगरपालिकाको बेवास्ताका कारण कालोपत्रे सडक नबनेपनि सडकमा धुलो मार्ने पानी समेत नहाल्दा स्थानीय ब्याबसायी र सर्वसाधारण धुलोको मारमा परेका हुन ।
बजार एरियाका सयौँ घर तथा पसल धुलाका कारण पुरिएका छन ।घरको छत तथा कौसीमा लुगा सुकाउन समेत धुलोका कारण समस्या हुने गरेको स्थानीयको दुखेसो छ ।
२४ सै घण्टा धुलो उडेर दम, रुघाखोकी, ज्वोरो तथा श्वासप्रश्वासका अन्य समस्या देखिन थाले पछि अहिले कोरोनाको माहामारी बाट पिडित जनता त्रसित बनेका छन ।
सडक कालोपत्रे नभए पनि सडकमा दैनिक पानी हालिदिन माग गर्दै स्थानीयले पटक-पटक सडक अबरुद्ध गरेर सम्बन्धित निकायलाई ध्यानाकर्षण गराए पनि नगरले बेवास्ता गरेको स्थानीयको गुनासो छ ।