सर्वोच्चको फैसलालाई स्वागत गर्दै उदयपुरमा दीप प्रज्वलन [तस्बिरहरु]

Logo
बुधबार, फाल्गुण १२, २०७७

उदयपुर — सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपछि उदयपुरमा दिप प्रज्वलन गरिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजालासले पुस ५ गते सरकारले गरेको उक्त निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको खुसियालीमा उदयपुर कांग्रेसले दीप प्रज्ज्वलन गरेको हो ।

नेपाली कांग्रेसका क्षेत्रीय सह- सभापतिको बसन्त बस्नेतको नेतृत्वमा उदयपुरको बिपि चोकमा नयाँ नेपालको नक्सा सहित अदालतले नेपाल र नेपालीको संबिधानको रक्षा गरेको खुसियालीमा दिप प्रज्वलन गरेको हो ।

दिप प्रज्वल्न कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले अहिले अदालतले संसद पुनःस्थापन गरेको प्रती खुसी ब्याक्त गर्दै यसको जस नेपाली कांग्रेसले लिन नसकेको मा दुख ब्याक्त गरे ।

“कांग्रेसका केहि सिमित नेताहरुको कारणले कांग्रेसले अहिलेको संसद पुनःस्थापनको जस लिन सकेन तर कांग्रेस सदा संबिधानबाद र लोकतन्त्रको पक्षधर हो” नेता बस्नेतले भने, ।

दिप प्रज्वलन कार्यक्रममा नेता बस्नेत सहित त्रियुगा नगरपालिका उपमेयर देबि चौधरी लगाएत कांग्रेसका सयौं कर्याकर्ता उपस्थित थिए ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।