‘सरकार र विप्लव समूहबीचको वार्ता सकारात्मक’

Logo
बुधबार, फाल्गुण १९, २०७७

सरकार र विप्लव समूहबीचको वार्ता सकारात्मक दिशाउन्मूख रहेको सरकारी पक्षले जनाएको छ। सरकारी वार्ता टोलीका सदस्य डा. राजन भट्टराईका अनुसार आज बुधबार बिहान पहिलो चरणको वार्ता सम्पन्न भएको हो।

‘नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच पहिलो चरणको वार्ता आज बिहान सम्पन्न भएको छ। वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराउँदछु,’ भट्टराईले भनेका छन्।

विप्लव समूहका एक नेताका अनुसार भने दुई पक्षबीच तीन–बुँदे सहमति समेत भइसकेको बताए। ‘थप छलफलपछि अनुकूल समयमा त्यसलाई सार्वजनिक गर्ने कुरा भएको छ,’ ती नेताले भने।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]