चितवनमा देउवाले भनेः नेतृत्व पाए कांग्रेस सरकारमा जाने हो

पहिला नेकपा फुट्नुपर्‍यो
Logo
बुधबार, फाल्गुण १९, २०७७

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्नुपर्ने अवस्था आए पछि नहट्ने बताएका छन्। चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति देउवाले उक्त धारणा व्यक्त गरेका हुन्।

देउवाले भने, ‘नेतृत्व पाए कांग्रेस सरकारमा जाने हो, पहिला नेकपा फुट्नुपर्यो।’ वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रसंग उठाएको भन्दै जवाफमा उनले ‘शेरबहादुर प्रधानमन्त्री हुन नहुने भन्ने सानो चित्त नगर्न’ पनि पौडेललाई आग्रह गरेका छन्।

उनले प्रधानमन्त्रीका लागि मरिमेट्ने वा भाग्ने कुरा नहुने बताए। ‘काँधमा जिम्मेवारी आयो भने जिम्मेवारी लिनुपर्छ,’ उनले भने।

यसअघि महामन्त्री शशांक कोइरालाले पनि कांग्रेस सरकारमा जानुपर्ने धारणा राखेका थिए। चितवनमै पत्रकारसँगको भेटघाटको क्रममा कोइरालाले प्रचण्ड–नेपाल समूहसँग मिलेर सरकारमा जानुपर्ने बताएका थिए।

नेकपालाई फुटाउने हो भने कांग्रेस नयाँ सरकारमा सामेल हुनुपर्ने उनको भनाइ थियो। उनले सबैभन्दा पहिले प्रधानमन्त्रीलाई हटाउनुपर्ने जनाउँदै त्यसका लागि अविश्वासको प्रस्ताव दर्ता हुने समेत बताएका थिए।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।