गाईघाटमा प्रथम त्रियुगा नगर खेलकुद महोत्सव शुरु

Logo
सोमबार, फाल्गुण २४, २०७७

उदयपुर । उदयपुरमा प्रथम त्रियुगा नगर खेलकुद महोत्सव सुरु भएको छ । “खेलकुद हाम्रो शान, स्थानीय खेलाडी उत्पादनमा हाम्रो अभियन” भन्ने नारा सहित नगर युवा तथा खेलकुद विकास समिति त्रियुगाको आयोजनामा पुरानो गाईघट स्थित थारुहट रंगशालाको मैदानमा प्रथम त्रियुगा नगर खेलकुद महोत्सव शुरु भएको हो ।

महोत्सवमा फुटबल, भलिबल, क्रिकेट, कराँते, तेक्वान्दो, बक्सिङ, व्याडमिन्टन लगायतका ८ खेलहरु खेलाइने आयोजकले जनाएको छ । खेलको औपचारिक उद्घाटन त्रियुगा नगरपालिकाका मेयर बलदेब चौधरीले गरेका हुन्।

खेलको उद्धघाटन गर्दै त्रियुगा नगरपालिकाको नगर प्रमुख बलदेव चौधरीले खेलाडीले राष्ट्रको नाम राख्न सक्ने भएकोले त्रियुगा नगरपालिकाले खेललाई प्राथमिकताका दिएको बताए ।

खेलकुद महोत्सव अविधिभर त्रियुगा नगरपालिका १० बोक्से नयाँ वस्तीमा भलिवल, पूर्वपश्चिम बसपार्क छेउमा क्रिकेट व्याडमिन्टन, कराँते, बक्सिङ, लगायतका खेलहरु बोक्से स्थित कवर्डहलमा हुने छ ।

यस्तै साइकल रेस प्रतियोगिताको उपाधि महिला तर्फ लक्ष्मी मगर र पुरुष तर्फ रुवेन राईले हात पारे । यस्तै साईकल ट्रयाकमा भएको रेसमा महिला तर्फ जमुना थापा दोस्रो र आशा लिम्बु तेस्रो भएकी छिन् । त्यस्तै पुरुष तर्फ केशव थापा दोस्रो र अवतार राई तेस्रो भएको आयोजकले जनाएको छ ।

१६ ओटै वडाहरुका विभिन्न विद्याका खेलाडीहरुलाई सफल खेलाडी उत्पादनको लागि खेलकुद महोत्सव आयोजना गरिएको छ । फुटवलमा १४ ओटा वडाहरुले सहभागी जनाएको छ । फुटवल उद्घाटनको दिन त्रियुगा नगरपालिका ११ र त्रियुगा नगरपालिका ३ ले प्रतिस्पर्धा भएको थियो । खेलकुद महोत्सव फागुन २३ देखि चैत्र २ गते सम्म चल्ने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]