उदयपुरको नेकपा पार्टी कार्यालयमा एमालेको बोर्ड(फोटो)

माधव नेपाल समूह एमालेमै, प्रचण्डले माओवादी केन्द्र ब्यूँताउने
Logo
खेमराज दाहाल सोमबार, फाल्गुण २४, २०७७

उदयपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला पार्टी कार्यालय उदयपुर गाईघाटमा नेकपा एमालेको बोर्ड राखिएको छ। सोमबार बेलुका प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेकपाका नेता कार्यकर्ताले पार्टी कार्यालयको नाम परिवर्तन गरी नेकपा एमाले लेखेका हुन्।

ओली समूहका जिल्ला अध्यक्ष तथा साविक एमालेका सचिव प्रमेश घिमिरेले पार्टी कार्यालयको व्यानर विधिवत रुपमै परिवर्तन गरिएको सोलुसन खबरलाई बताए।

सर्वोच्च अदालतको आइतबारको फैसला अनुरुप आफूहरु चलेको उनले बताए। जिल्ला पार्टी कार्यालय एमालेकै सम्पत्ति भएका कारण एमालेका सबै सदस्यहरु गएर नाम परिबर्तन गरि एमालेको ब्यानर राखेको उल्लेख गरे।

पार्टी कार्यालयमा तत्कालिन नेकपा (ओली पक्ष) का केन्द्रिय सदस्य बिमल कार्की, अम्बिका थापा, मणीराज उपाध्याय (पौडेल), कला घले, जिल्ला अध्यक्ष परमेश्वर घिमिरे, सचिव कुशलबाबु बस्नेत लगायतका नेताहरुले पार्टी कार्यालयमा व्यानर र झण्डा राखेका हुन् ।

उनीहरुले तत्कालिन नेकपा एमालेका नेताहरुलाई समेत पुरानै घरमा फर्कन आग्रह गरे । व्यानर राख्ने क्रममा पार्टीका जिल्ला, प्रदेश तथा केन्द्रिय स्तरका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो ।

यता नेकपा प्रचण्ड-माधव समूहले अब पूर्वपार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रमै फर्किने निर्णय गरेको छ । सोमबार बसेको स्थायी कमिटी बैठकले नेता माधवकुमार नेपालसहित पूर्वएमाले नेताहरु एमालेमै रहने र पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी केन्द्रका नेताहरुले माओवादी केन्द्र नै ब्यूँताउने निर्णय गरेको छ।

फागुन २३ गते सर्वोच्च अदालतले ऋषि कट्टेलको पक्षमा फैसला गर्दै प्रचण्ड र केपी शर्मा ओलीको नेतृत्व रहेको पार्टीलाई खारेज गरेपछि उदयपुरमा समेत त्यसको असर देखिएको हो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]