त्रियुगा उद्योग बाणिज्य संघमा लोकतान्त्रिक समुहबाट रसाईलीले नेतृत्व गर्ने

Logo
सोमबार, चैत्र ०२, २०७७

स्थानीय ब्यावसायीहरुको साझा संगठन त्रियुगा उद्योग बाणिज्य संघ उदयपुरको नेतृत्वका लागि लोकतान्त्रिक समुहबाट रमेश रसाईली उठ्ने भएका छन ।

आउदो २०७८ जेष्ठ १५ गते हुने अधिवेशनका लागी लोकतान्त्रिक समुहबाट रसाइलीले नेतृत्व गर्ने तय भएको हो ।

अधिवेशनमार्फत नयाँ नेतृत्व चयन हुने व्यवस्था अनुसार लोकतान्त्रिक समुह को नेतृत्व गर्ने रसाईलीको समुहलाई मत दिएर जिताउन उदयपुर कांग्रेसले आफू निकट व्यापारी तथा व्यवसायीहरुलाई आग्रह गरेको छ ।

आज सोम्बार बसेको उदयपुर कांग्रेस जिल्ला समितिको निर्णय अनुसार रसाइलीको समुहलाई जिताउन ९ सदस्यीय अधिबेशन समन्वय समिती समेत बनेको छ ।

वसन्त बस्नेत, मनोज कुमार बस्नेत, सरोज बस्नेत, राजेश चन्द्र श्रेष्ठ, भिमचन्द्र राई, तिलकबहादुर कटुवाल, सरिता राइ, सुमन्त कोईराला, र बिजय सिङ्गलाई अधिबेशन समन्वय समिति तोकेको नेपाली कांग्रेस उदयपुरका क्षेत्रीय सह-सभापति बसन्त बस्नेतले जानकारी दिए ।

कांग्रेसको जिल्ला समितिले निर्णय गरेर लोकतान्त्रिक समुहको नेतृत्व गर्न रसाईलीलाई दिए पछि यस्को नेतृत्व लिन र सम्पुर्ण ब्याबसायी हरुलाई एकजुट बनाएर लैजान प्रयत्न गर्ने रसाईलीले बताए ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।