एमाले निकट युवा संघ नेपाल उदयपुरकाे संयाेजकमा बिमल भण्डारी

Logo
बुधबार, चैत्र ०४, २०७७

उदयपुर । नेपाल कम्युनिष्ट पार्टी एमाले निकट युवाहरूकाे संगठन ‘युवा संघ नेपाल’ उदयपुरकाे संयाेजकमा बिमल भण्डारी चयन भएका छन्।

मंगलबार नेकपा एमाले पाटी कार्यालय गाईघाटमा बसेकाे उपलब्ध नेकपा एमाले उदयपुर कार्यालय टिम र युवा संघ नेपाल केन्द्रिय कमिटिमा उदयपुरबाट सदस्यहुनु भएका सदस्यहरूकाे निर्णय अनुसार युवा संघकाे संयाेजकमा भण्डारी र सह संयाेजकमा महेश राईलाई जिम्मेवारी दिईएकाे हाे ।

भण्डारी संयाेजक रहने युवा संघ नेपाल उदयपुरमा उदयपुरका ८ वटै पालिकाहरूका युवाहरू समेट्ने गरि १ सय ५१ जना काे जिल्ला कमिटी बन्ने बताईएकाे छ ।

युवा संघका केन्द्रिय सदस्य मन्दिप राई र नेकपा एमाले केन्द्रिय सदस्य तथा प्रदेश १ भाैतिक पुर्वाधार बिकास राज्यमन्त्रि अमिरबाबु गुरूङले संयोजक भण्डारी र सह-संयोजक राइलाई खादा लगाएर युवाहरूकाे हितमा काम गर्न निर्देशन समेत दिएका थिए।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]