लायन्स क्लब अफ गाईघाट हाइटको पदाधिकारी गठन देखी सफथ ग्रहण र सर्टिफिकेट वितरण सम्म

Logo
सोमबार, चैत्र ०९, २०७७

उदयपुर । लायन्स क्लब अफ गाईघाट हाइटको पदाधिकारी गठन, सफथ ग्रहण र सर्टिफिकेट वितरण कार्यक्रम सम्पन्न भएको छ । होटल कोहोबरमा आज भएको कार्यक्रममा गाईघाट हाइटका पदाधिकारी हरुलाई लाइन्स क्लबकी डिस्टिक गर्भनर डा. सुशिला मल्लले पदभार तथा सफथ ग्रहण गराएकी हुन्।

कार्यक्रममा प्रमुख अतिथि तथा अतिथिहरुले क्लबका प्रेसिडेन्टलाई क्लबको आधिकारीक सर्टिफिकेट हस्तान्तरण र क्लबका सबै सदस्यहरुलाई चार्टर सर्टिफिकेट, पिन हस्तान्तरण गरेका थिए ।

युवा व्यवसायी सन्जिब काफ्लेको अध्यक्षतामा १४ सदस्यीय पदाधिकारी सहित ४० युवा ब्याबसायिहरु लायन्स क्लब अफ गाईघाट हाइटको सदस्य भएका छन्।

पदाधिकारीहरुमा अध्यक्ष सन्जिब काफ्ले, प्रथम उपाध्यक्ष विजय कुमार साह, सचिब सन्दिप दाहाल, कोषअध्यक्ष श्रद्धा भट्टराई, प्रबन्ध निर्देशकहरु महेश रेग्मी, बसन्त बस्नेत, बल बहादुर कार्की रहेका छन्।

यस्तै गंगा कटुवाल दोस्रो उपाध्यक्ष, निरज निरौला तेस्रो उपाध्यक्ष, सुमन कोइराला, राम बहादुर श्रेष्ठ, किरण चौधरी, नरेश महतो र सुमन कुमार चौधरी सदस्य रहेका छन ।

बिसुद्ध समाज सेवाको भावना बोकेर गठन भएको लाइन्स क्लब अफ अफ गाईघाट हाइटले आफ्नो पहिलो कार्यक्रम अन्तर्गत कोरोनाको दोस्रो चरणको महामारीको बिश्वमाकुरा हुदै गर्दा त्यसबाट बच्न स्वास्थ्य संस्था हरुलाई विभिन्न स्वास्थ्य सामग्री वितरण गर्ने बताएको छ।

कार्यक्रमको साभापतित्व गाइघाट हाइटका अध्यक्ष काफ्लेले गरेका थिए भने स्वागत मन्त्यब्य सन्दिप दाहालले गरेका थिए । कार्यक्रममा त्रियुगा नगरपालिकाकी उपमेयर देवि चौधरी, जिल्ला प्रहरी कार्यलय, जिल्ला प्रशासन कार्यलय, शसस्त्र प्रहरीबल र अन्य सँघ संस्थाका प्रतिनिधीहरुको समेत उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]