ओलीका कारण प्रजातन्त्र खतरामा छ, उनको बिकल्प खोज्नै पर्छ : गगन थापा

Logo
बुधबार, चैत्र ११, २०७७

उदयपुर । नेपाली कांग्रेसका युवा नेता तथा पुर्व मन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलिको बिकल्प खोज्नै पर्ने आबश्यकता भएको बताएका छन ।

उदयपुरको जिल्ला सम्मेलनलाई सम्बोधन गर्न आएका नेता थापाले प्रधानमन्त्री ओलिले देशका सबै संबैधानिक निकायहरुलाई निकम्मा बनाउदै प्रजातन्त्रलाई नै खतरामा पार्दै गएको हुदा उन्को बिकल्प खोज्नु पर्ने बताएका हुन ।

“माओबादी र जसपाले छिटो निर्णय गरोस, कांग्रेस नेतृत्व लिन तयार छ ।” नेता थापाले भने, “ओलिले बिगारेका सबै कुरालाई सपारेर देशलाई निर्वाचनमा लग्ने काम कांग्रेसले गर्छ ।”

ओलिले निर्वाचन गराए नाम मात्रको निर्वाचन हुने भन्दै उनले देश अब निर्वाचनमा गै सकेकाले ओलिको बिकल्प खोजेर देशलाइ शान्तिपूर्ण निर्वाचनमा लानु पर्नेमा जोड दिए । उनले देशमा नेपाल कम्युनिस्ट पार्टी भन्ने मरिसकेको हुदा अब कांग्रेसले ती कम्युनिस्टहरुलाई समेत समेट्दै देशलाई कांग्रेसमय बनाउदै लानु पर्ने बताए ।

“सर्बोच्च अदालतको निर्णयले नेपालमा नेकपा भन्ने चिज मरिसकेपछी चिन्तित भएर समबेदना प्रकट गर्न गएको स्वयम नेकपाका कार्यकर्ता नै उत्साहित भएर लड्डु खादै शोकगित गाउने बेलामा लोकगित गाउदै रछन, उनिहरुलाई नेकपा भन्ने चिज कति घाँडो भएको रहेछ ।” नेता थापाले भने ।

कम्युनिस्टले काम गर्न सकेन र हामी आएका भन्ने मात्र नभएर ती कम्युनिस्ट सँग आजित भएका जनतालाई आशा र भरोसा देखाएर भिजन र योजना सहित कांग्रेस जनताकोमा जानू पर्ने उल्लेख गरे ।

कार्यक्रममा एमाले, माओवादी र राप्रपा परित्याग गर्दै १०० जना भन्दा बढी नेपाली काँग्रेसमा प्रवेश गरे । नव प्रवेशी हरुलाई सदस्यता तथा अबिर लगाएर स्वागत गर्दै नेता थापाले उनिहरु जुन उत्साह र बिश्वासका साथ कांग्रेस प्रवेश गरेका छन त्यो उत्साह र बिश्वास नेपाली कांग्रेसले टिकाई राख्ने प्रतिबद्धता ब्यक्त गरे ।

दुइ दिन सम्म चल्ने सम्मेलनमा आज उद्घाटन सत्र र भोलि बन्द सत्र रहेको नेपाली कांग्रेस उदयपुरले जनाएको छ । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य लक्ष्मी परियार, संघीय संसद प्रमिला राई, प्रदेश संसद हिमाल कार्की, प्रदेश संसद सज्जा दनुवार पार्टी सभापति बिदुर बस्नेत, पुर्व सभापतिहरु नारायण कार्की,अर्जुन खड्का क्षेत्रीय सहसभापती बसन्त बस्नेत, क्षेत्रीय सभापतिहरु राम कुमार खत्री,भोजराज खतिवडा पूर्व संबिधान सभा सभासद शान्ती कुमारी चौधरी लगाएतका नेताहरुले सम्बोधन गरेका थिए ।

यस्तै कार्यक्रममा पार्टीका पुर्व सभापति अर्जुन खड्का द्वारा लिखित “कांग्रेसमा संघर्षका कथा ब्याथा” नामक पुस्तकको बिमोचन समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]