१५ बुँदे कार्ययोजना बनाउदै सकियो उदयपुर कांग्रेसको जिल्ला जिल्ला सम्मेलन

Logo
शुक्रबार, चैत्र १३, २०७७

उदयपुर । उदयपुरको ऐतिहासिक जिल्ला सम्मेलन भब्यताका साथ सम्पन्न भएको छ । दुई दिन सम्म चलेको जिल्ला सम्मेलन उदयपुर र उदयपुर कांग्रेसको इतिहास सँग जोडिएको उदयपुर गढिको नेपालटारमा सप्पन्न भएको हो ।

जिल्ला सम्मेलनले १३ औ अधिबेशन पछि अहिलेसम्मका गतिविधिहरुको प्रगति प्रतिबेदन र हाल सम्मकै आर्थिक प्रतिबेदनमा छलफल गरेको नेपाली कांग्रेस उदयपुरका सभापति बिदुर बस्नेतले बताए ।

सम्मेलनले उदयपुर कांग्रेसले १५ बुँदे आगामी कार्ययोजना समेत बनाएको सभापति बस्नेतले जानकारी दिए ।

ऐतिहासिक जिल्ला सम्मेलनको नेपाली कांग्रेसका युवा नेता गगन कुमार थापाले कांग्रेसका संस्थापक नेता बिपि कोइरालाको तस्वीरमा माल्यापर्ण गर्दै पिपलको बिरुवामा पानी हालेर उद्घाटन गरेका थिए ।

सम्मेलनलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य लक्ष्मी परियार, संघीय संसद प्रमिला राई, पुर्व पार्टी सभापति तथा प्रदेश १ संसद हिमाल कार्की, पार्टी सभापति बिदुर बस्नेत लगाएतका नेताले सम्बोधन गरेका थिए ।

जिल्ला सम्मेलनमा पार्टीमा विभिन्न मितिमा योगदान पुर्याएका ब्याक्तिहरुलाई सम्मान समेत गरेको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]