उदयपुरमा ट्याक्टर दुर्घटनामा १ को मृत्यु

Logo
आइतबार, चैत्र १५, २०७७

उदयपुरको चौदण्डिगढी नगरपालिका–४ बर्खेडाँडामा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । शनिबार राती करिब ९ः४० बजे मदन भण्डारी राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको स १ त ७६२० नम्बरको ट्याक्टरमा सवार चौनपा–२ गगटे निबासी २८ वर्षीय रुपेश लामगादेको मृत्यु भएको हो ।

ट्याक्टरबाट झर्ने क्रममा सोही ट्याक्टरको पछाडीको टायरले छातिमा किचेपछि गम्भिर घाईते भएका लामगादेको उपचारको लागी बेल्टार अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर र ट्याक्टर चालक ईलाका प्रहरी कार्यालय बेल्टारको नियन्त्रणमा रहेको र थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।