नेकपा एमाले उदयपुर दुई चिरा

Logo
बिहिबार, चैत्र १९, २०७७

उदयपुर । पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल समुह र प्रधानमन्त्री ओली समुह बिचको शक्ति संघर्षले नेकपा एमाले फुट उन्मुख देखिएको छ ।

नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली समुहले माओवादी छाडेर आएका केही सदस्यलाई केन्द्रीय समितीमा मनोनयन सहित नेपाल समुहका नेताको जिम्मेवारी समेत खोसे पछि सुरु भएको शक्ति संघर्षले पार्टी फुट उन्मुख पुगेको हो ।

ओली समुहले नेपाल समुहका नेताको जिम्मेवारी खोसेपछी नेपालले समानान्तर कमिटी गठन गरिसकेका छन् ।

त्यसैको असर उदयपुरमा पनि देखिएको छ । साबिकको एमालेमा अध्यक्षमा रहेका इश्वरमणि राउतले नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यमा बृहत कार्यकर्ता भेलाको आयोजना गरेको बताए पनि ओली समुहका अध्यक्ष प्रमेश घिमिरेले उक्त दिन नेकपा एमालेको कुनै कार्यकर्ता भेला तथा कार्यक्रम नरहेको बताएका छन ।

नेकपा एमालेका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य बलदेव चौधरी र अध्यक्ष इश्वरमणी राउतले बिज्ञप्ति जारी गर्दै आम एमालेका कार्यकर्तालाई कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन ।

https://www.facebook.com/ishwarmani.raut/posts/4028855607198578

यता ओली समुहका अध्यक्ष प्रमेश घिमिरे र सचिव कुशलबाबू बस्नेतले पनि बिज्ञप्ति जारी गर्दै उक्त दिन कुनै कार्यक्रम नरहेको वताएका छन ।

https://www.facebook.com/pramesh.ghimire.5/posts/4702914829738249

यसअघि माधव नेपाल र भीम रावलमाथि १६ चैत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीले कारबाहीको निर्णय गराएका थिए । त्यसलाई नेपाल समूहले अमान्य घोषणा गरेको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।