प्रचण्डको पुनरावलोकन निवेदनमा आज सुनुवाइ हुने

Logo
बिहिबार, चैत्र १९, २०७७

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको पुनरावलोकन निवेदनमा आज सुनुवाइ हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी छुट्याएर एकीकरणअघिको अवस्थामा पुर्‍याइदिने सर्वोच्च अदालतको फैसलाविरूद्ध प्रचण्डले दिएको पुनरावलोकन निवेदनमा आज सुनुवाइ हुने भएको हाे ।

मंगलबार दिएको उक्त निवेदनको पेशी बिहीबार तोकिएको र केहीबेरमा पेशी सार्वजनिक हुने सर्वोच्च प्रशासनले जनाएको छ। आजको इजलासले उक्त फैसला पुनरावलोकन गर्न स्वीकृति दिने वा नदिने निर्णय गर्ने छ।

उनले नामको विवाद भए नाम फेर्न मौका दिनु पर्नेमा एकीकरण नै उल्ट्याउने फैसला अन्यायपूर्ण, संविधान र नजिरविपरीत भएको भन्दै प्रचण्डले पुनरावलोकन हुनु पर्ने जिकिर गरेका हुन् । नेकपा ऋषिराम कट्टेलकाे पार्टिकाे भन्दै सर्वोच्च उनकाे पक्षमा फैसला गरेपछि एमाले र माओवादी केन्द्र ब्युँतिएका छन् ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]