ओलीले विदेशी शक्तिको चलखेलबाट पार्टी फुटाउन र कम्युनिष्टको अस्तित्व समाप्त गर्न खोजे : सुरेन्द्र पाण्डे

Logo
आइतबार, चैत्र २२, २०७७

उदयपुर । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत माक्र्सवाद–लेलिनवादी)का स्थायी कमिटी सदस्य तथा पूर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डेले अध्यक्ष खड्ग प्रसाद ओलीले देशी विदेशी शक्तिको चलखेलबाट पार्टी फुटाउन र कम्युनिष्टको अस्तित्व समाप्त गर्न खोजेको बताएका छन्। शनिबार नेकपा एमाले जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्न उदयपुर आईपुगेका नेता पाण्डेले यस्तो बताएका हुन् ।

“प्रधानमन्त्री केपी ओली राजा ज्ञानेन्द्र शाहलाई पनि मन पर्छ भनेपछि केपी ओलीको सत्ता कता जाँदैछ भन्नेमा शंका छ ।” नेता पाण्डेले भने।

अदालतको फैसलाले एमाले पार्टीलाई २०७५ जेष्ठ अगाडीकै अवस्थामा पुर्याएकोले त्यहिबाट अगाडी बढ्नु पर्नेमा ओलीले झ्याल र ढोका थुनेर गरेको निर्णय कुनै पनि हालतमा मान्य नहुने बताए ।

वरिष्ठ नेता माधव कुमार नेपाल, उपाध्यक्ष भिम रावल, उपमहासचिव धनश्याम भुसाल र मलाई अध्यक्ष केपी ओलीले स्पष्टिकरण सोधेको र त्यसको जवाफ सहित प्रतिप्रश्न गर्दा आफ्ना प्रश्नको जवाफ समेत नदिई कारबाही गरेको प्रति आपति जनाउँदै यस्तो बताएका हुन् ।

उनले वरिष्ठ नेता नेपाल, उपाध्यक्ष रावल, उपमहासचिव भुसाल र मलाई गरेको कारबाहीको कुनै औचित्य नहुने बताए । उनले अध्यक्ष आफै अवैधानिक भएकाले अबैधानिक अध्यक्षले गरेको कारवाहीको औचित्य नभएको जिकिर गरे।

कार्यक्रममा नेकपा एमाले पोलिटव्यूरो सदस्य जगनाथ खतिवडा, केन्द्रिय सदस्य बलदेव चौधरी लगायत कार्यकर्ताले सम्बोधन गरेका थिए । कार्यक्रमको अध्यक्ष इश्वरमणि राउत र संचालन दिल बहादुर तामाङले गरेका थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।