पत्रकार महासँघ उदयपुर साखाका लागि खड्का र राईको उम्मेदवारी

Logo
मंगलबार, चैत्र २४, २०७७

उदयपुर । चैत २५ गते हुने नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशनका लागी नेपाल पत्रकार महासंघ उदयपुर शाखाको अध्यक्ष पदमा दुई जनाले उमेदवारी दिएका छन् । निवर्तमान जिल्ला कार्यसमितिका अध्यक्ष भरत खड्का दोहोरिदै र उपाध्यक्ष भोटराज राइले उम्मेदवारी दिएका हुन ।

प्रेस सेन्टर र प्रेस चौतारी नेपाल माधव नेपाल समूहबाट राईले उम्मेद्ववारी हुन् भने नेपाल प्रेस यूनियन, प्रेस चौतारी नेपाल केपी ओली समूह र प्रेस मञ्चको खड्काले साँझा उम्मेद्ववारी हुन् ।

खड्का र राई उदयपुरमा रहेर लामो समय देखि पत्रकारिता गर्दै आएका ब्याक्ती हुन । निबर्तमान अध्यक्ष खड्काले कोरोना कहरका बेला पत्रकारहरुको हितको बिषयमा आवाज उठाएर राम्रो छवि बनाएका छन भने राई पनि स्थानीय पत्रकारिता लाई प्रबर्द्धन गर्नु पर्ने कुरामा आवाज उठाउदै आएका छन ।

खड्काको समुहमा उपाध्यक्ष पदका लागि कान्तिपुर टेलिभिजनमा कार्यरत पर्शुराम थापा, महिला उपाध्यक्षका लागि रेवती पराजुली, सचिबमा बिश्वराज तामाङ्ग लगाएतका उम्मेद्वार रहेका छन ।

राइको प्यानलमा उपाध्यक्ष पदका लागि नेपाल टेलिभिजनमा कार्यरत तुलसी कोइराला,महिला उपाध्यक्ष गँगा राई,सचिवमा अप्सरा समाल लगायतका उम्मेदवार छन ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry