ब्राउनसुगरसहित उदयपुरमा दुई युवा पक्राउ

Logo
मंगलबार, बैशाख १४, २०७८

उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकास्थित गाईघाट बजारबाट ब्राउनसुगरसहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ब्राउनसुगरसहित पक्राउ पर्नेमा त्रिनपा–३ मिलनचोकका ३४ वर्षीय मसिलाल भनिने श्यामकुमार चौधरी र सोही स्थान बस्ने अर्का २८ वर्षीय रेवत खातीलाई प्रहरीले पक्राउ गरेको हो ।

सोमबार बेलुकी त्रिनपा–३ को मिलनचोकको एक स्थानमा ब्राउनसुगर कारोबार हुँदैछ भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले सम्बन्धित स्थानमा छापा मार्दा २०० ग्राम ब्राउनसुगरसहित दुई युवालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको प्रहरीले बताएको छ ।

ब्राउनसुगरसहित पक्राउ गरिएका दुवैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताए ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।