त्रियुगा उद्योग बाणिज्यसंग द्वारा सुरक्षाकर्मीलाई माक्स तथा सेनिटाइजर बितरण

Logo
आइतबार, जेठ ०२, २०७८

उदयपुर । नयाँ भेरियन्ट सहितको दोस्रो कोरोना भाइरस(कोभिड१९) को संभावित जोखिमलाई न्यूनीकरण गर्न फ्रन्ट लाइनमा खटिने उदयपुरका सुरक्षाकर्मीलाई माक्स तथा सेनिटाइजर बितरण गरिएको छ ।

त्रियुगा उद्योग बाणिज्य संघ उदयपुर गाइघाटका प्रथम उपाध्यक्ष रमेश रसाइली नेतृत्वको टिमले ४ हजार थान बढी माक्स तथा सेनिटाइजर बितरण गरेको हो ।

त्रियुगा नगरपालिका भित्र पर्ने सबै प्रहरी कार्यलय तथा प्रहरी अस्थाई बिटमा समेत पुगेर माक्स तथा सेनिटाइजर बितरण गरेको सोही टिमका सदस्य बिनोद पाण्डेले जानकारी दिए ।

कोरोनाको महामारिमा जनतालाई सचेत गराउदै घर-घरमा बस्न आग्रह गरेर आफू दिन भर सडकमा खटिने सुरक्षाकर्मीको बारेमा हामी आम नागरिकले पनि सोच्नु पर्ने बेला आएको उपाध्यक्ष रसाइलीले बताए ।

“सुरक्षाकर्मी, पत्रकारहरुले ज्यानको बाजि राखेर हाम्रो लागि सुरक्षाका साथ स्वास्थ्यको पनि ख्याल गरि दिनु भएको छ,” रासाइलीले भने, “उहाँहरुलाई पनि हामीले सकेको सहयोग गर्ने हो, माक्स र सेनिटाइजरले केही भए पनि संभावित जोखिम लाई न्यूनीकरण गर्न सहयोग गर्छ ।”

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry