लकडाउन कृषकलाई, ब्याबसायीलाई कमाइखाने भाडो

Logo
खेमराज दाहाल मंगलबार, जेठ २५, २०७८

उदयपुर । मंगलबार बिहान ७:३० बजे लकडाउनलाई कडाइ गर्न खटिएका सुरक्षाकर्मी गाइघाटका हरेक चोक-चोकमा थिए । बाटोमा हुइकिएका सवारिसाधन मध्य कसैलाई सहज जान आउन दिरहेका थिए भने कसैको चाबी समेत खोसेर नियन्त्रण गर्दै थिए ।

यस्तैमा एक कृषक बाख्रालाई जंगलबाट घाँस लिएर आउदै थिए । ती कृषकलाई रोकेर सुरक्षाकर्मिले उन्को घाँस बोकेको सवारिसाधनको चावी खोसेर राखे । तेतिखेरै तिनपाँग्रे सवारी अटो आयो उस्लाई एक रित्तो सिलिन्डर बोकेको भरमा नसोधी छाडिदिए ।

सुरक्षाकर्मिले यो गरिरहदा तेहि चोक नजिकैका पसलहरु निर्वाध खुला थिए । ती पसलमा मानिसको घुइचो देखेर पनि अन्देखा गरिरहेका सुरक्षाकर्मी बाख्रालाई घाँसबोकेर आई रहेका कृषकको घाँस सहित नियन्त्रणमा लिए ।

लकडाउनमा के गर्न हुने के नहुने भनेर बुझ्न र बुझाउन नसकेको प्रहरी प्रशासनले सर्वसाधारणलाई र कृषकलाई नियन्त्रणमा लिए पनि बजार बन्द गराउन सकेको छैन । बजारमा पुस्तक पसल, भाँडा पसल, खाजा पसल, हार्डवयर लगाएतका पसल पनि खुलेका छन । माछा मासु कटिङ्ग सेन्टर, कपडा पसल लगाएतका पसल खुला छन ।

कृषक र सर्वसाधारणलाई नियन्त्रण लिने तर प्रहरी प्रशासनले अति आबश्यक भन्दा अन्य पसलहरु निर्वाध खुल्न दिनु र अहिले आकश छुने गरि बढेको महङ्गी नियन्त्रण गर्न तत्परता नदेखाउनुले महङ्गी बढ्नुमा प्रहरी प्रशासन र ब्याबसायीको मिले मतो समेत देखिएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।