उदयपुरका पहाड बेच्दै सरकार

Logo
खेमराज दाहाल बुधबार, जेठ २६, २०७८

उदयपुर । नदीजन्य पदार्थ निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने भन्दै सरकारले चुरे क्षेत्रका विभिन्न जिल्लाका पहाडलाई भूक्षय गराई तराई क्षेत्रबाट नदि जन्य पदार्थ उत्खनन गर्ने बिषय बजेटमा नै समाबेश गरे पछि चौतर्फी बिरोध सुरु भएको छ ।

देशभरका १४ जिल्लाका पहाडमा भूक्षय गराई नदिजन्य पदार्थ ढुङ्गा गिटि बालुवा लगाएतका सामग्री निकासी गर्ने भएपछि राज्यनै नितिगत भ्रष्टाचारमा लागेको र देशको प्राकृतिक सम्पदा माथी दोहन गर्न लागेको भन्दै बिरोध भएको हो ।

सरकारले चुनेका १४ जिल्लामा उदयपुर पनि परेको छ । महाभारत शृङ्खला र चुरेक्षेत्र भएको उदयपुर जिल्ला पनि सरकारले नदिजन्य पदार्थ उत्खनन गर्ने जिल्लामा परेको हुदा उदयपुरमा यस्को चासो बढेको छ ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नं १६ स्थित सुकौरा डाँडामा ५ वटा खानी बनाएर उत्खनन् गर्ने गरि सरकारले योजना बनाएको छ । चुरे दोहोन रोकि बाताबरणिय प्रदुशण लगाएत प्राकृतिक सम्पदाको रक्षा गर्नु पर्नेमा सरकार आफै चुरे दोहनमा लागेको प्रती जिल्ला देखि केन्द्र सम्म यस्को बिरोध भएको छ ।

साविक जाल्पा चिलाउने गा.बि.स. हालको त्रियुगा नगरपालिका वडा नं १६ स्थित सुकौरा डाँडा र तिरखानी क्षेत्रका ५ स्थानमा ५ वटा खानि बनाएर उत्खनन गर्ने भएको हो । अहिले पुर्ण सरकारी स्वामित्वमा रहेको देशैकै सबैभन्दा ठूलो उदयपुर सिमेन्ट उद्योगको चुन ढुङ्गा खानि रहेको सुकौरामा सरकारले सिमेन्ट उद्योगलाई नै धरासायी बनाउने तरिका बाट ढुङ्गा, गिटि उत्खनन गर्ने भएको छ ।

यस अघि त्रियुगा नगरपालिकाले पनि नदिजन्य पदर्थको उत्खनन गर्दै बाहिर निकासी गर्दै आएको थियो । बाहिर अन्यत्र जिल्लामा नदिजन्य पदार्थ निकासी गर्ने निहुमा मापदण्ड बिपरित नगरपालिका आफै खोला दोहनमा लागेको समाचार सोलुसन खबरले सार्वजनिक गरेको थियो । नगरपालिकाले यसरी मापदण्ड बिपरित खनेको खाल्डोमा परि त्रियुगा नगरपालिकाका एक युवाले ज्याम समेत गुमाएका थिए ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]